आज सुन चाँदीको भाउ सामान्य घट्यो कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । आज सुन चाँदीको भाउ सामान्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुन प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ ।
आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो पनि चाँदी १ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो ।


























