stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आइफोन १६ लञ्च हुनु अघि हुवावेईको तीन दोबरी फोनको प्रि–अर्डर २७ लाख पुग्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

बेइजिङ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेईको तीन दोबरी भएको फोनको प्रि–अर्डर २७ लाख थान पुगेको छ । कम्पनीले सोमबार आफ्नो वेबसाइटमा यसको जानकारी दिएको छ ।

कम्पनीले शनिबार मध्यरातिदेखि मेट एक्सटीको प्रि–अर्डर लिन सुरु गरेको थियो । यो भनेको अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो आइफोन १६ लञ्च गर्नु भन्दा दुई दिनभन्दा केही बढी समय अघि हो ।

चीनको समयअनुसार मंगलबार बिहान एप्पलले आइफोन १६ सिरिज लञ्च गर्दै छ । हुवावेईले यस अघि नै मंगलबार दिउँसो २ः३० बजे नयाँ प्रडक्ट लञ्च गर्ने घोषणा गरेको थियो ।

तर कम्पनीले अहिलेसम्म मेट एक्सटीको मूल्य सार्र्वजनिक गरेको छैन । कम्पनीले सेप्टेम्बर २० देखि यसको विक्री सुरु गर्दै छ । यस वर्षको दोस्रो त्रैमासमा चीनमा एप्पल शीर्ष पाँच स्मार्टफोन निर्माताको सूचिबाट बाहिरिएको बजार अनुसन्धान संस्था क्यानलिसको तथ्याङ्कले देखाएको छ ।

पहिलो पटक यो सूचिमा घरेलु कम्पनीहरूको वर्चस्व छ । समीक्षा अवधिमा १ करोड ६ लाख थान स्मार्टफोन बेचेको हुवावेई सूचिको चौथो स्थानमा छ ।

पहिलो त्रैमासमा चीनमा एप्पलले १ करोड थान स्मार्टफोन बेचेको थियो । अन्य चिनियाँ प्रतिस्पर्धी जस्तै हुवावेईले चीनमा दोबार्न मिल्ने र फ्लिप फोन बेचिरहेको छ । तर यी श्रेणीमा एप्पलले आफ्नो प्रडक्टलाई विस्तार गर्न सकेको छैन ।

prabhu mahalaxmi
kumari