stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

आइएमई पेबाटै अब सामसङ फोन किस्ताबन्दीमा ‘बाई नाउ पे लेटर’

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । डिजिटल वालेट आइएमई पेले ‘बाई नाउ पे लेटर’ सेवा ल्याएको छ । सामसङका प्रिमियम फोन खरिद गर्न इच्छुक ग्राहकका लागि आइएमई पेले हुलास फिनसर्भ नामक कम्पनीसँग सहकार्य गरी यस्तो अफर ल्याएको हो ।

यस अन्तर्गत आइएमई पेका ग्राहकले ४० प्रतिशत वालेटबाट डाउनपेमेन्ट गरेर फोन किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।

भौतिक रूपमा पसलमा गई किस्ताबन्दीमा फोन खरिद गर्दा अनेक झन्झट हुने गर्छन् । आइएमई पेमा केवाईसी भेरिफाई गरिसकेका ग्राहकले भने आफ्नो नागरिकताको कागजात, पासपोर्ट साइज फोटो, साँची बसिदिने व्यक्तिको कागजात सब्मिट गर्नुपर्ने हुन्छ ।

योग्य व्यक्तिले आइएमई पेको एपबाट आफूलाई उपयुक्त हुने फोन छान्नुपर्नेछ । त्यसपछि फोनको मूल्यको ४० प्रतिशत रकम आइएमईपेबाट भुक्तानी गर्नुपर्छ ।

यति गरेपछि ग्राहकको नजिकको सामसङ स्टोरबाट फोन आउँछ । स्टोरमा भने किस्ताबन्दीका लागि ग्राहकले ३, ६, ९ वा १२ महिनामध्ये एक विकल्प छान्नुपर्ने हुन्छ ।

सुरुवाती चरणमा कम्पनीले यो सुविधा काठमाडौं, ललितपुर र भक्तपुरमा स्थायी बसोबास गर्ने व्यक्तिलाई उपलब्ध गराउन थालेको छ ।

kumari bank
kumari
nawakantipur long