stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सीजीका घरायसी सामग्री किन्दा दशैंमा १० सुनको सिक्का जित्ने अफर

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडिए) ले दशैँ, तिहार र छठलाई लक्षित गर्दै नयाँ योजना “दशैंमा १० अफर” ल्याएको छ । यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकले १०/१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अवसर प्राप्त कम्पनीले जनाएको छ।

यो अफर सिजीका साना घरायसी उपकरणहरुमा मात्र समावेश छन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सिजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरि बिज्ञापन वा सामान किनेको पसलमा दिइएका क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरि आफ्नो बिबरण भरि समाबेस गर्नुपर्ने कम्पनीले जनाएको छ ।

यो योजना सिजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ । यस अभियान भदौ २३ गतेबाट नेपालभर सीमित अवधिको लागि लागू हुनेछ ।

ग्राहकहरुलाई मध्यनजर गरि सिजीले सिजी मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुनेछ ।

kumari bank
kumari
nawakantipur long