सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आइतबार नयाँ कीर्तिमान बनाएर सोमबार र मंगलबार घटेको सुनको मूल्य बुधबार आइतबारको कीर्तिमान तोड्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
यसअघि साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ६ सय रूपैयाँ पुगेर नयाँ कीर्तिमान बनेको थियो । उक्त दिनको तुलनामा बुधबार छापावाल सुन प्रतितोला ४०० रूपैयाँ बढ्दै अहिलेसम्मकै महँगो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रूपैयाँ कायम भएको छ । मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ८०० रूपैयाँले बढेको हो ।
मंगलबार छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेर १ लाख ५२ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
साताको दोस्रो कारोबार दिन सोमबार छापावाल सुन अघिल्लो दिनको तुलनामा तोलामा ३ सय रूपैयाँ घट्दै प्रतितोला १ लाख ५२ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८ सय २० रूपैयाँमा कारोबार भएको थियो ।