sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सीजीका नयाँ मोडलका फ्यानहरु बजारमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे पहिलो पटक बिएलडिसि सिलिङ फ्यानका साथै अन्य धेरै फ्यानहरु बजारमा ल्याएको छ ।

‘स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसि फ्यान टुडे’ भन्ने नाराको साथ बजारमा आएको यो सिलिङ्ग फ्यान प्रयोग गर्दा परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत बिद्युत बचत हुने कम्पनीको दाबी छ ।

रिमोटको सुबिधा युक्त सिलिङ्ग फ्यानमा कम्पनीले मोटर र पिसिबिएमा २ बर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक ४ वटा कलरमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नेपालमा चौधरी ग्रुपले सिजी ब्राण्डका उत्पादनहरु आफ्नो च्यानल र डिलर आउटलेटहरु मार्फत वितरण गदै आईरहेको छ ।

त्यस्तै सि।जी।ले बिभिन्न डिजाईन र मोडलमा अरु पनि थुपै्र नयां सिलिङ, स्ट्याड, टेबल, वाल र एग्जस्ट फ्यानहरु ल्याएको छ । ‘सिलिङ फ्यानमा डेकोरेटिभ सिरिज छन्, जुन अति नै आकर्षक डिजाइन र रंगहरुमा उपलब्ध छन् ।

त्यस्तै अर्को हाइ स्पिड सिरिज छन्, जसको स्पिडको कारण धेरै भन्दा धेरै हावा प्रबाह गर्दछ । यस्तै स्ट्याड, टेबल, वाल र एग्जस्ट फ्यानहरुमा पनि यस्तै सिरिजहरु उपलब्ध छन्’, कम्पनीको भनाइ छ।

gold
prabhu bank
nawakantipur long