citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एलजीको ‘खेल्छ नेपाल घर घरमा’ योजना सार्वजनिक

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । अन्तरर्राष्ट्रिय इलेक्ट्रोनिक्स ब्राण्ड एलजीले टी–ट्वान्टी विश्वकप क्रिकेटलाई लक्षित गरेर ‘खेल्छ नेपाल घर घरमा’ नामक योजना अघि सारेको छ ।

यसपाली यो प्रतियोगिता अमेरिका र वेष्ट इन्डिजमा जेठ २० गतेबाट सुरु हुँदैछ जसमा नेपाल सन २०१४ पछी दोस्रो पटक भाग लिँदैछ ।

नेपाली टिमले अहिलेको टि ट्वान्टी क्रिकेट वर्ल्ड कपमा उच्चस्तरको प्रदर्शन गर्ने आशा गरिएको बेला एलजीले नेपाली क्रिकेट टिमको खेल र सम्पूर्ण वर्ल्ड कप म्याचहरु घरमै बसी बसी हेर्न यो योजना अघि सारेको सीजी इलेक्ट्रोनिक्सले जनाएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले एलजी टिभीबाट घरमै स्टेडियम बराबरको मज्जा लिनसक्ने भन्दै सिजीले यस योजनामा नगद फिर्ता र उपहार पनि जित्न सक्ने जनाएको छ ।

यस योजनाअनुसार कुनै पनि एलजी टिभीको खरीदमा ४० प्रतिशतसम्मको नगद छुट र रु। एक लाखको ब्यक्तिगत दुर्घटना बीमा उपलब्ध छ ।

साथै एलजी ओलेड टिभी वा ८६ इन्चको टिभी खरिदमा एलजी साउन्डबार एसएन फोर उपहार सित्तैमा पाइनेछ ।

कम्पनीका अनुसार ३२ इन्च देखि ८६ इन्च साइज सम्ममा उपलब्ध एलजीका टिभीहरु ओलेड, क्युनेड, सुपर युएचडी, युएचडी र स्मार्ट क्याटागोरीमा नेपाली बजारमा उपलब्ध छन ।

एलजीका क्युनेड टिभी, यूक्यु र यूआर सिरिज अन्तर्गतका युएचडी टिभीहरुमा तीन बर्षको फुल वारेन्टी रहेको छ । कुनै पनि एलजी टिभीको खरीदमा रु. एक लाखको दुर्घटना बीमा पनि प्राप्त गर्न सकिनेछ । ग्राहकहरुले यो बीमामार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपूर्ती दाबी गर्न सक्ने सिजी इलेक्ट्रोनिक्सले जनाएको छ ।

यसका साथसाथै शुन्य प्रतिशत ब्याजदरमा ईएमआई, कुनै पनि ब्रान्डको पूरानो सामानसँग एलजीको सामानसँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, निःशुल्क एलजी सर्टिफाइड इन्स्ट्लेसन र निःशुल्क डेलिभरी पनि रहेको छ । यो योजना जेठ १७ गतेदेखि नेपाल अधिराज्यभरी सीमित अवधी को लागि लागू गरिएको जनाइएको छ ।

himalayan life insurance
igi long