citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मदिराको मूल्य बढ्यो, सरकारले के मा कति बढायो कर ?

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सरकारले संसद्मा प्रस्तुत गरेको ‘नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक) २०८१’ ले मदिरामा कर बढाएको छ ।

सरकारले अल्कोहल रहित बियरमा प्रतिलिटर ३५ रुपैयाँ बाट ४५ रुपैयाँ, ‘इनर्जी ड्रिङ्स’मा प्रतिलिटर ५० रुपैयाँ बाट ५२ रुपैयाँ पुर्‍याइएको छ ।

१२ देखि १७ प्रतिशतसम्म अल्कोहल भएको वियरमा प्रतिलिटर १६ र १७ प्रतिशतभन्दा बढी अल्कोहल भएमा प्रतिलिटर १९ रुपैयाँ अन्तःशुल्क बढाइएको छ । त्यस्तै, छ्याङ (कन्ट्रि बियर) मा प्रतिलिटर ४३ रहेको अन्तःशूल्कलाई ४८ रुपैयाँ पुर्‍याइएको छ ।

१५ युपि शक्तिको ४८ दशमलव पाँच प्रतिशत अल्कोहलको मात्रा भएको तयारी ब्राण्डीमा प्रतिलिटर रु एक हजार आठ सय बराबर अन्तःशुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर रु. एक हजार आठ सय ६० पुर्याइएको छ । २५ युपि शक्ति भएको यस्तो प्रकृतिको ब्राण्डीमा प्रतिलिटर रु ४५ कर बढाइएको छ ।

himalayan life insurance
igi long