नेपाली बजारमा माइडिया ब्रान्डको डिशवाशर

काठमाडौं । माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ डिशवाशर नेपाली बजारमा उपलब्ध गराएको जानकारी दिएको छ ।
यसमा आधुनिक बिएलडिसी (BLDC)मोटर र वाईफाईमा आधारित आईओटी स्मार्ट सिस्टमको साथमा स्मार्टहोम एपको सुविधा रहेको छ । माइडिया डिशवाशरले विशेषगरी सफाई र स्वास्थ्य सुरक्षामा उच्च ध्यान दिएको छ।
यसको एण्टी ब्याक्टेरियल फीचर र अल्ट्रा हाईजिन प्रणालीले भाँडाहरूलाई ब्याक्टेरिया र कीटाणुबाट सुरक्षित राख्ने कम्पनीको भनाइ छ ।