sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

ट्रायल सेन्टरहरूमा एडिटिटी प्रणाली कार्यान्वयन गर्न विभागको आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । यातायात व्यवस्था विभागले अटोमेटेड ड्राइभिङ टेस्ट ट्र्याक (एडिटिटी) प्रणाली कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ ।

ट्रायल सेन्टरहरूमा एडिटिटी प्रणाली जडान गर्न विभागले बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई आग्रह गरेको हो ।

यातायात व्यवस्था कार्यालयहरूले लिने ट्रायल परीक्षामा परीक्षार्थी उत्तीर्ण भए पनि अनुत्तीर्ण हुने गरेको र अनुत्तीर्ण पनि उत्तीर्ण भएको गुनासो सेवाग्राहीबाट आएपछि ट्रायल परीक्षालाई पारदर्शी र गुनासोरहित बनाउन एडिटिटी प्रणाली कार्यान्वयन गर्न विभागले भनेको हो ।

‘ट्रायल परीक्षाको नतिजा कुनै व्यक्ति विशेषले नभई प्रविधिले वैज्ञानिक तवरले निर्धारण गर्न ट्रायल परीक्षा सञ्चालनको अनुमति प्रदान गर्दा, अनुमतिपत्रको नवीकरण गर्दा एवं रोकिएको ट्रायल परीक्षा पुनः सुचारु गर्दा अटोमेटेड ड्राइभिङ टेस्ट ट्र्याक(एडिटिटी) प्रविधि जडान गर्ने ट्रायल सेन्टरलाई मात्र अनुमतिपत्र, नवीकरण तथा पुनः ट्रायल परीक्षा सुचारु गराउने अनुमति प्रदान गर्न विभागको मङ्गलवारको निर्णयअनुसार अनुरोध छ,’ विभागको निर्णयपत्रमा उल्लेख छ ।

विश्वका अधिकांश मुलुकहरूले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षाको दौरान परीक्षार्थीको पासरफेलको अवस्था मानवीय मूल्यांकन(ह्युमन जजमेन्ट) बाट निर्धारण नगरी ट्रायल सेन्टरमा जडान भएका उच्च प्रविधियुक्त क्यामेरा (हाई डेफिनेसन इन्टेलिजेन्ट क्यामेरा) एवं आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) प्रविधिद्वारा वैज्ञानिक ढंगले निर्धारण गर्ने गरेको सन्दर्भ उल्लेख गर्दै विभागले यातायात कार्यालयलाई पनि यस्ता प्रविधि प्रयोग गर्न अनुरोध गरेको हो ।

राष्ट्रिय सतर्कता केन्द्रलाई बोधार्थ दिएर विभागले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालयहरू एकान्तकुना, ठूलोभर्याङ, भक्तपुर, चाबहिल र चितवनलाई बोधार्थसहित कार्यार्थ दिएको छ ।

यसअघि सतर्कता केन्द्रले गरेको छानबिनमा काठमाडौँ उपत्यकाका ट्रायल सेन्टरहरूले मापदण्ड पालना नगरेको पाइएको थियो । सतर्कताको निर्देशनपछि ट्रायल सेन्टरहरूले मापदण्ड अनुसारको ट्रायल स्पट निर्माण गर्दै छन् ।

gold
prabhu bank
nawakantipur long