citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मातातीर्थ औँशीलाई ‘पर्फेक्ट’ बनाउन भिभोले सार्वजनिक गर्‍यो निकै सस्तोमा पावरफुल फोन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । ग्लोबल टेक्नोलोजी ब्रान्ड भिभोले स्लिक डिजाइन, शक्तिशाली कार्यसम्पादन र लामो समयसम्म चल्ने ब्याट्रीको मिश्रण भएको ‘भिभो वाई ०३’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

मातार्ती औंशीको अवसर पारेर ४ं४ जीबीको एक्सटेन्डेड र्याम र ६४ जीबीकोे भण्डारण क्षमता रहेकोे सस्तो मूल्यमा पावरफुल फोन सार्वजनिक गरेको जनाएको छ । पावरफुल यो फोनको मूल्य १३ हजार ४९९ रूपैयाँ मात्र तोकिएको छ ।

आकर्षक मूल्य र प्रभावशाली सुविधाहरूको साथ आज सोमबारदेखि नै देशभरका अधिकारिक रिटेल स्टोर र दराज अनलाइनमा उपलब्ध हुने बताइएको छ ।

के–के छन् अरु विशेषता ?

भिभो वाई ०३ मा ९० हर्जको रिफ्रेस रेटको साथ ६.५६ इन्चको इमर्सिभ डिस्प्ले छ जसले सिमलेस भिजुअल र सहज नेभिगेसनको सुनिश्चिता गर्दछ। विश्वसनीय मिडियाटेक हेलिओ जि ८५ प्रोसेसरद्वारा सञ्चालित यो फोनमा प्रयोगकर्ताहरूले कुशल मल्टिटास्किङ र सहज कार्यसम्पादनको आनन्द लिन सक्छन् ।

आकर्षक डिस्प्ले र बलियो कार्यसम्पादन बाहेक भिभो वाई ०३ को ठूलो ५००० एमएएच ब्याट्री र उत्कृष्ट १५ वाटको फ्ल्यास चार्जले दिनभरी उपयोग गर्न सकिने ग्यारेन्टी प्रदान गर्दछ ।

नवीनतम एन्ड्रोइड १४ अपरेटिङ सिस्टममा आधारित फन टच ओएस १४ मा चलिरहेको वाई ०३ ले सहज र सुविधाजनक अनुकूलन विकल्पहरूसहित प्रयोगकर्ताहरूलाई सुविधाजनक अनुभव प्रदान गर्दछ ।

बहुमूल्य सम्झनाहरू खिच्नका लागि, भिभो वाई ०३ मा डुअल १३ एमपी रियर क्यामेरा सेटअप रहेको छ जस्ले स्पष्ट र विस्तृत तस्बिरहरू खिच्न मद्दत गर्दछ । सेल्फी र भिडिओ कलका लागि ५ एमपी फ्रन्ट क्यामेरा पनि समावेश गरिएको छ ।

वाई ०३ ले आई पी ५४ रेटिङ प्रदान गर्दछ, जसले यसलाई दैनिक प्रयोगका लागि भरपर्दो साथी बनाउँदै धुलो र पानीको थोपाहरूबाट सुरक्षा प्रदान गर्दछ ।

आमाहरूलाई अफर !

मातातीर्थ औँशीलाई उपयुक्त अवसर पारेर ‘भिभो वाई ०३’ सार्वजनिक गरेको भिभोले हरेक आमाहरूको सम्मान गर्दै ‘भिभो वाई ०२ टी’ को मूल्य घटाएर बजारमा ल्याएको छ ।

जस अनुसार अब १२ हजार ९९९ मा उक्त फोन किन्न पाइने छ । ‘यो योजनाले अझै आकर्षक बनाउँछ । यस आमाको मुख हेर्ने दिन, आफ्नी आमालाई भिभोको स्मार्टफोन उपहार दिनुहोस् र अनुहारमा मुस्कान ल्याउनुहोस्,’ कम्पनीले भनेको छ ।

himalayan life insurance
igi long