stcnepal long ad
ime life insurance
national life
global ime bank long

फुडमान्डुले चितवनमा पनि आफ्नो सेवा विस्तार

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । फुड डेलिभरी कम्पनी फुडमान्डुले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ । फुडमान्डुको सेवा काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर र पोखरा हुँदै चितवनमा पनि विस्तार भएको हो ।

काठमाडौं र पोखरामा पहिलेदेखि नै रहेको कम्पनीले यही शुक्रबार पत्रकार सम्मेलनमार्फत चितवनवासीले समेत अनलाइनबाटै खाने कुराहरूको अर्डर गर्न सकिने जानकारी दिएको हो ।

‘फुडमान्डु अब चितवनमा पनि विस्तार भएको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौं,’ कम्पनीका ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भनिन्, ‘चितवनमा रहेका प्रख्यात रेस्टुरेन्टका खानेकुरा घर, अफिस वा ग्राहकले चाहेको ठाउँमा नै अनलाइनमार्फत डेलिभर गर्न हामी उत्साहित छौं ।’

चितवनवासीलाई डेलिभरी सेवा दिन अहिले फुडमान्डुले पहिलो चरणमा स्थानीय रेस्टुरेन्ट तथा होटलसँग सहकार्य गरेको छ । भविष्यमा अन्य सेवा पनि विस्तार गर्दै जाने कम्पनीको प्रतिबद्धता छ ।

prabhu mahalaxmi
kumari