macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

शाओमीको बजेटमैत्री रेड्मी १३ सि स्मार्टफोन नेपालमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी १३ सि लन्च गरेको छ । मेडियाटेक हेलिओ जी ८५ प्रोसेसर सहित उपलब्ध यस नया रेड्मी १३ सी ले उत्कृष्ट डिजाइन र अत्याधुनिक अप्रविधिको संयोजनको साथ ग्राहकलाई उत्कृस्ट अनुभव प्रदान गर्ने कम्पनिले जनाएको छ ।

शाओमीले रेड्मी १२ सि को सफलताको रूपमाआफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी १३ सि लिएर आएको हो ।

यस बारेमाबोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भन्नुभयो, “रेड्मी १३ सि को स्टाइलिस डिजाइन र अत्याधुनिक प्रविधिले स्मार्टफोनको बजारमा नयाँ स्ट्यान्डर्ड तय गर्नेछ भन्ने हामीलाई विश्वास लिएका छौ । इनोभेसन,स्टाइल र पर्फमेन्सको उत्कृस्ट मिश्रणप्रदान गर्ने लक्ष्यलाई हामीले रेड्मी १३ सि मापनिकायम राखेका छौँ।”
प्रोसेसिङ पावर र स्टोरेज कन्फिगरेसनः
रेड्मी १३ सि १२ एनएमको प्रोसेस र मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा संचालित छ जसले स्मुथपर्फरमेन्स सुनिश्चितगर्दछ । रेड्मी १३ सि ६ जिबी + १२८ जिबी र रेड्मी सि –श्रृङ्खलामापहिलो पटक– ८ जिबी+२५६ जिबी भेरिएन्टहरुमा उपलब्छ छ ।
स्लिक डिजाइन र डाइमेन्सनः
रेड्मी १३ सि १६८ एमएमको लम्बाई, ७८ एमएमको चौडाइ, ८.०९ एनएमको मोटाई तथा १९२ ग्रामतौलमाउपलब्ध छ ।
उत्कृष्ट डिस्प्लेः
रेड्मी १३ सि १६००x७२० को रिजोल्युसनको साथ ६.७४ इन्चको डट ड्रप डिस्प्लेमाउपलब्ध छ जसले ४५० निट्स (टाइप) र ६०० निट्स एचबीएमको ब्राइटनेसको साथ सुन्दर डिस्प्ले प्रदान गर्दछ । यसको डिस्प्लेले ९० हर्ट्जसम्मको रिफ्रेस रेट समेत प्रदानगर्दछ ।
उत्कृष्ट क्यामेरा फिचर:
रेड्मी १३ सि मा ५० मेगापिक्सेलको एआई ट्रीपल क्यामरा रहेको छ। यसै गरी फोनमा नाइट मोड, पोट्र्रेट मोड, ५० मेगापिक्सेल मोड र टाइम–ल्याप्सहरु जस्तै उत्कृष्ट क्यामरा फिचरहरु पनिउपलब्ध छ । यसको रियर क्यामराले १०८० पिक्सेल र ७२० पिक्सेल मोडमा ३० एफपिएसको भिडियो रेकर्डिङ सपोर्ट गर्दछ ।

साथै यसको ८ मेगापिक्सेलको फ्रन्ट क्यामाराले पनि १०८० पिक्सेल र ७२० पिक्सेल मोडमा ३० एफपिएसमा भिडियो रेकर्डिङ गर्दछ ।
लङ लास्टिङ ब्याट्री र फास्ट चार्जिङः
रेड्मी १३ सिको ५००० एमएचको  ब्याट्रीले १८ वाटको पिडी चार्जिङ र युएसबी टाइप सि सर्पोट गर्दछ । १० वाटको एडाप्टर सहितआउने यस रेड्मी १३ सिलाई कम्पनीले अप्टिमल चार्जिङको लागि १८ वाट वामाथिको एडाप्टर रेकमेन्ड गरेको छ ।

सेकुरिटी फिचर र कनेक्टीभिटीः

रेड्मी १३ सि को साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलकफिचरले प्रयोगकर्ताको सुरक्षा सुनिश्चितगर्दछ। साथमा यो स्मार्टफोनमाएनएफसी कम्प्याटिबिलिटी, डुअल सिम र माइक्रोएसडी सर्पोट तथा ४ जि, ३ जि र २ जि नेटवर्कपनिउपलब्ध छ ।
उत्कृष्ट अडियो अनुभव :
रेड्मी १३ सि मा ३.५ एमएमको हेडफोन ज्याक र एएसी/एसबिसीको सर्पोट सहितको ब्लुटुथ ५.३ उपलब्ध हुन्छ । यो डिभाइस एन्ड्रोइड १३ माआधारित मीयुआई १४ मा चल्दछ जसले सुविधा सम्पन्न र सहज इन्टरफेस प्रदानगर्दछ ।
नेभिगेसन र पोजिसनिङः
रेड्मी १३ सि ले जिपिएस, ग्लोनास, ग्यालिलियो र बेइडौ सर्पोट गर्दछ जसले गर्दा यसले सटीक नेभिगेसन र पोजिसनिङ प्रदान गर्दछ ।
सेन्सर र अपरेटिङ सिस्टमः
रेड्मी १३ सि मा भर्चुअलप्रोक्सिमिटी सेन्सर, एम्बियन्ट लाइट सेन्सर, एक्सेलेरोमिटर र इलेक्ट्रोनिककम्पास जस्ता विभिन्न सेन्सरहरू उपलब्ध छन् ।

himalayan life insurance
igi long
NTA long ad