citizens life insurance long ad
stcnepal long ad
national life

सामसुङलाई पछि पार्दै एप्पल बन्यो विश्वको सबैभन्दा ठूलो फोन निर्माता कम्पनी

Prabhu Insurance Long Ad

काठमाडौं ।अमेरिकी कम्पनी एप्पल दक्षिण कोरियाली कम्पनी सामसुङलाई पछि पार्दै विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता बनेको छ ।

एप्पलको आइफोन सामसुङका फोनहरुलाई पछि पार्दै सन् २०२३ मा विश्वमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन बनेको हो । दक्षिण कोरियाको सबैभन्दा ठूलो कम्पनी समेत रहेको सामसुङले सन् २०१० पछि पहिलो पटक शीर्ष स्थान गुमाएको ब्लुमबर्गले उल्लेख गरेको छ ।

‘इन्टरनेसनल डेटा कर्पोरेसन (आइडीसी)’ को तथ्यांक अनुसार गत वर्ष विश्वभर बिक्री भएका फोनहरुमध्ये एप्पलको हिस्सा २०% भन्दा बढी रहेको छ ।

यता, सामसुङको बजार हिस्सा भने १९.४% रहेको छ । एप्पल र सामसुङलाई चिनियाँ फोन निर्माताहरु साओमी, ओप्पो र ट्रान्सियनले पछ्याइरहेका छन् । गत वर्ष सामसुङको बिक्री दोहोरो अंकले घटेपछि शीर्ष स्थान गुमाएको हो ।

गत वर्ष एप्पलले करिब २३ करोड ५० लाख फोन बिक्री गर्दा सामसुङले करिब २२ करोड ६६ लाख फोन बिक्री गर्न सफल भएको थियो । आइडीसीको रिपोर्ट अनुसार सन् २०२३ मा विश्वभर सबै ब्राण्डहरु गरी कुल १।२ अर्ब स्मार्टफोनहरु बिक्री भएका थिए । जुन सन् २०२३ को तुलनामा ३५ कम हो भने एक दशकयताकै न्यून बिक्री हो ।

गत वर्ष धेरै उपभोक्ताहरुले आर्थिक चुनौति र उच्च ब्याजदरहरुको सामना गर्दा फोन बिक्रीमा कमी आएपनि सन् २०२४ मा भने बजार सुधार हुने विज्ञहरुको अनुमान छ ।

ग्राहकहरुले फोल्ड गर्न मिल्ने फोन र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षमता भएका फोनहरुलाई बढ्दो प्राथमिकता दिइरहेका कारण स्मार्टफोन बजार निकै रोजच समयमा आइपुगेको पनि आइडीसीले उल्लेख गरेको छ ।

himalayan life insurance
igi long