citizens life insurance long ad
stcnepal long ad

नयाँ लुब्रिकेन्ट ब्रान्ड ‘गुडइयर’ नेपाली बजारमा भित्रिए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालीबजारमा गुडयर ब्रान्डको लुब्रिकेन्ट औपचारिक रुपमा भित्रिएको छ । विभिन्न ब्रान्डको कारोबारमा संलग्न रहेको डेल्टा डिस्ट्रिब्युटर्स प्रा.लि. ले विश्वविख्यात गुडइयर लुब्रिकेन्टको बिक्री–वितरण सुरु गरेको छ ।

भारतबाट उत्पादित गुडइयर लुब्रिकेन्टको आइतबार एक कार्यक्रम बीच औपचारिक रुपमा शुभारम्भ भएको छ ।

दुई पांग्रे तथा चार पांग्रे सवारी साधन, ट्याक्टर, हेभीइक्विपमेन्ट तथा औद्योगिक क्षेत्रम ाप्रयोग हुने सबै किसिमका ल्युब तथा ग्रिजहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।

गुडइयर अमेरिकाको प्रतिष्ठित र पुरानो अटोमोटिभ कम्पनीहो, जसको विश्वभर २१ देशमा ४६ उत्पादन युनिट रहेको छ ।

सन् २०२० देखि गुडइयरले भारतमा लुब्रिकेन्टको प्लान्ट स्थापना गरी एसियाका १६ देशमा बिक्री–वितरण गर्दै आएको छ ।

गुडइयरले गुणस्तर सम्बन्धी सबै अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरी आईएसओ ९००१ः२०१५, आईएसओ १४००ः२०१५ र आईएसओ ४५००ः२०१८ प्रमाणपत्र प्राप्त गरेको छ ।

विशेष गरी टायर, ट्युवतथा पार्ट्स बिक्री–वितरण गर्दैआएको डेल्टा डिस्ट्रिब्युटर्सले पहिलो पटक लुब्रिकेन्ट भित्र्याएको हो ।

‘विश्वविख्यात प्रिमियम ब्रान्ड भएकोले गुडइयरले राम्रो प्रतिक्रिया पाउनेमा आफू ढुक्क रहेको डेल्टा डिस्ट्रिब्युटर्स प्रा.िल.का निर्देशक बिक्रम सिंघानियाले बताए ।

IME Life
kumari