stcnepal long ad
ime life insurance
global ime bank long

सुनको मूल्य एक लाख पच्चिस हजार पुग्ने अनुमान

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेर प्रतितोला एक लाख १९ हजार तीन सय रुपियाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो । मङ्गलबार प्रतितोला एक लाख १७ हजार सात सय रुपियाँ रहेको सुनको मूल्य बुधबार तोलामा एक हजार छ सय रुपियाँले बढेर एक लाख १९ हजार तीन रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार साताको पहिलो दिन आइतबार प्रतितोला एक लाख १६ हजार नौ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य सोमबार बढेर प्रतितोला एक लाख १७ हजार चार सय रुपियाँमा कारोबार भएको थियो । मङ्सिर महिना सुरु भएदेखि बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ ।

सन् २०२४ मा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस दुई हजार एक सय डलर पुग्ने अनुमान गरेकाले त्यतिबेला सुनको मूल्य प्रतितोला एक लाख २२ हजारदेखि एक लाख २५ हजारसम्म पुग्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

ठुल्ठुला देशले सुनको रिजर्भ बढाउनुका साथै लगानीकर्ता सुनमा आकर्षित हुँदा पछिल्लो समय मूल्य एक्कासि वृद्धि हुँदै गएको व्यवसायीको भनाइ छ ।

लगनको सिजनमा सुनको मूल्य एक्कासि बढ्दा बजारमा कारोबार भने उत्साहपूर्वक बढ्न सकेको छैन । लगनको समयमा अघिल्लो वर्ष ३० देखि ३५ किलो सुनको कारोबार हुने गरेकामा अहिले दैनिक २० किलो मात्र सुन बिक्री हुने व्यवसायीको भनाइ छ ।

अन्य समयको तुलनामा लगनको सिजनमा सुनको माग बढी भए पनि यसपालि मूल्य बढेकाले माग बढ्न नसकेको व्यवसायीको भनाइ छ । महासङ्घका अनुसार पछिल्लो चार दिनमा सुन तोलामा दुई हजार चार सय रुपियाँ मूल्य बढेको छ ।

एक वर्षको अवधिमा बजारमा सुनको मूल्य तोलामा २१ हजार नौ सय रुपियाँले बढेको छ । पछिल्लो एक सातादेखि लगातार सुनको मूल्य बढ्दै गएपछि पुराना गहना बिक्री गर्ने ग्राहक बढी आउने गरेको व्यवसायीको भनाइ छ । उपभोक्तासँग पर्याप्त क्रयशक्ति नहुँदा घरव्यवहार चलाउन ग्राहकले पूरा गहना बिक्री गर्ने गर्छन् ।

यसैबिच बुधबार चाँदीको मूल्य पनि बढेर तोलाको एक हजार ५२० रुपियाँ पुगेको छ । सोमबार र मङ्गलबार प्रतितोला एक हजार पाँच सय रुपियाँमा स्थिर थियो ।

बुधबारको मूल्य गत आइतबारको तुलनामा ३५ रुपियाँको बढोत्तरी हो । अन्तर्राष्ट्रिय बजारमा बुधबार चाँदी प्रतिऔँस २४.९८ डलर भएको छ । मङ्गलबार २४.५९ र सोमबार २४.६८ डलर थियो ।

prabhu mahalaxmi
kumari