सागर डिष्टिलरीले ‘नेप्से बुल’ ब्राण्डको मदिरा सार्वजनिक
काठमाडौं । सागर डिष्टिलरीले ‘नेप्से बुल’ ब्राण्डको मदिरा सार्वजनिक गरेको छ । दरबारमार्गमा शुक्रबार आयोजित विशेष समारोहका बीच सागर डिष्टिलरीका अध्यक्ष सन्दीप जालानले ‘नेप्से बुल’ माल्ट ह्वीस्की सार्वजनिक गरेका हुन् ।
कम्पनीले नजिकिंदो चाडपर्वलाई मध्यनजर गर्दै मदिराका पारखीहरूको लागी ‘नेप्से बुल’ ब्राण्डमा मदिरा सार्वजनिक गरेको हो ।
सीमित संस्करण भनिएको हाल सार्वजनिक सुनौलो रंगको बोतल बन्द ‘नेप्से बुल’ सीमित संस्करण मात्र रहेको कम्पनीले जानकारी दिएको छ।
धितोपत्र दलाल कम्पनी नासा सेक्युरिटिज ९५८ नम्बर ब्रोकर० का सञ्चालक समेत रहेका जालानले नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० बाट प्रेरित भएर ‘नेप्से बुल’ ब्राण्ड रोजेका हुन्।