stcnepal long ad
global ime bank long

दसैँ तिहारमा बेकोको योजना सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार पाइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्रान्ड बेकोले नजिकिरहेको नेपालीहरुको दसैँ–तिहार २०७९लाई लक्षित गर्दै ‘बेकोको सौगात, सम्बन्ध प्रगाढ’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ।

यस योजना भदौ २७ देखि सीमित अवधिका लागि लागू गरिएको छ। उक्त योजना अन्तर्गत बेको ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

जसअनुसार वासिङ मेसिन र वासर ड्रायरको खरिदमा ६ केजीको एरिअल म्याटिक वासिङ पाउडर उपहार पाइन्छ भने डिसवासरको खरिदमा २ प्याकेट फोर्चुन डिसवासर ट्याब्लेट उपहार पाइन्छ।

यसका साथै सिंगल डोर रेफ्रिजिरेटरमा चोप्पर डबल डोर रेफ्रिजिरेटरमा इलेक्ट्रिक किटली र मल्टी डोर रेफ्रिजीरेटरमा ईलेक्ट्रिक प्रेसर कुकर उपहार पाइन्छ भने कुकिङ रेन्ज(फ्री स्टान्डिङ ओवन) को खरिदमा प्रेसर कुकर र एअर कन्डिसनरको खरिदमा फ्री इन्स्ट्लेसन पाइन्छ।

यसका साथै कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेसन सुविधा पनि प्रदान गरेको छ।

शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वका अवसरमा सामान खरिद गर्ने ग्राहकले ‘सिजी लोयल्टी क्लब’को रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुरस्थित होटेलविभान्तामा २५ प्रतिशतसम्म छुट पाउनु सक्नेछन्।

नेपालभर बेको ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी ईओएल रहेको छ। सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाण्डौभित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधेराधे, रविभवन, कीर्तिपुर, हात्तीगौँडा, त्रिपुरेश्वर, गत्थाघर, टेकु ,नयाँ बजार र काठमाण्डौबाहिर पोखरा, इटहरी, हेटौँडा, भरतपुरमा छन्।

IME Lifesidebar
kumari