stcnepal long ad
global ime bank long

एलजी ब्राण्डको आफ्नै शोरुम विश्वस्तरीय अपग्रेड सहित पुनः सञ्चालन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत मीनभवनमा रहेको एलजी ब्राण्डको आफ्नै शोरुम विश्वस्तरीय अपग्रेडपश्चात पुनः सञ्चालनमा आएको छ।नयाँ र आधुनिक डिजाइनमा खोलिएको यो शोरुममा एलजी ब्रान्डका घरायसी विद्युतीय सामग्री जस्तै– एलईडी टीभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, डिसवासर, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनरलगायत अरु थुप्रै सामग्री उपलब्ध छन्।

राजधानीको मुख्य व्यापारिक केन्द्र मीनभवनको गोरखा कम्प्लेक्सस्थित यो शोरुम २००५ मा स्थापित एलजी ब्राण्डको पहिलो शोरुम हो। ग्राहकले दक्ष र अनुभवी ग्राहक प्रतिनिधिबाट त्यहाँ भएका विद्युतीय सामग्रीबारे जानकारी पनि लिन सक्नेछन्। यो शोरुम हप्ताको सातै दिन बिहान १० बजेदेखि बेलुका ७.३० बजेसम्म खुला रहनेछ।

ग्राहकका लागि अन्य थप जानकारी चाहिएमा ०१–४१०६५३० वा ४१०६६५२ मा सम्पर्क गर्न सक्नेछन्। यो एलजी शोरुममा रिओपनिङका अवसरमा विशेष छुटका साथै फ्री गिफ्ट, ० प्रतिशत किस्ताबन्दी र एक्सचेन्ज अफरको पनि सुविधा रहेको छ।

यसका साथै प्रडक्ट लाइभ डेमो, कुकिङ क्लास, प्रिभेन्टेभ मेन्टेनेन्स सर्भिस ९पीएमएस०को पनि ब्यवस्था गरिएको कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari