सिद्धार्थ बैंकको आज असोज १५ गतेसम्म शेयर किन्नेले प्रस्तावित लाभांश पाउने
सिद्धार्थ बैंकको आज असोज १५ गतेसम्म शेयर किन्नेले प्रस्तावित लाभांश पाउने
काठमाडौं । आज असोज १५ गतेसम्म शेयर किन्नेले सिद्धार्थ बैंकको प्रस्तावित लाभांश पाउनेछन् । बैंकले लाभांश र साधारण सभा प्रयोजनका लागि भोलि असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। आज असोज १५ गतेसम्म कायम शेयरधनीहरुमात्रै लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
बैंकले गत आर्थिक वर्ष २०८२/८३ का लागि हाल कायम चुक्तापुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा १० प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको बोनस शेयर र १० प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको नगद लाभांश (करसहित) छन्।
यसैगरी साधारण सभाले अग्राधिकार शेयरधनीहरुलाई ८.५ प्रतिशतले हुन आउने १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
बोनस शेयर वितरणपछि पुँजी वृद्धि हुने भएकोले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्ने छ। यसका लागि नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन वा रायसुझाव अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।
सोही साधारण सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
उक्त प्रस्ताव पारित गर्न बैंकले आफ्नो २५ औँ वार्षिक साधारण सभा यही असोज २८ गते आयोजना गर्ने निर्णय गरेको हो। साधारण सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट सुरु हुनेछ।





















