छोरीको जन्मदिनमा आइएमई लाइफको २५ लाखको जीवन बीमा उपहार
काठमाडौं । अर्थ मन्त्रालयका चार सहसचिवको जिम्मेवारी फेरवदल भएको छ। मन्त्रालयको बजेट महाशाखा, राजस्व व्यवस्थापन, भन्सार प्रशासन तथा ठूला करदाता कार्यालयमा नयाँ जिम्मेवारी तोकिएको छ।
मन्त्रालयका सहसचिव एवं बजेट महाशाखा प्रमुख सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। उक्त पद केही समयदेखि रिक्त रहेको थियो।
बजेट व्यवस्थापन महाशाखाको प्रमुखमा लुम्बिनी प्रदेशबाट हालै अर्थ मन्त्रालयमा सरुवा भएर आएका बन्धु प्रसाद बास्तोलालाई जिम्मेवारी दिइएको छ। उनी गृह प्रशासनका अनुभवी सहसचिव हुन। राजस्व प्रशासनका लागि नयाँ हुन।
त्यस्तै, कोशी प्रदेशबाट मन्त्रालयमा सरुवा भएर आएका नारायण प्रसाद रिसाललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ। सहसचिव प्रेम आचार्यलाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी दिएको छ।
यसअघि उक्त कार्यालयका प्रमुख कर प्रशासक केदार शर्माले राजीनामा दिएपछि पद रिक्त रहेको थियो।
यस्तै, लोकसेवा आयोग कोशीबाट हालै सरुवा भएर आएका सहसचिव गोकुल बास्तोलालाई सहमहालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ। मन्त्रालयमा भएको जिम्मेवारी हेरफेरसँगै बजेट व्यवस्थापन, राजस्व प्रशासन र कर संकलनसम्बन्धी काममा नयाँ नेतृत्व आएको छ।





















