आजदेखि शेयर कारोबार सञ्चालनमा आउने
डाटा हबमा देखिएको समस्या समाधान
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ७२ कारोबार सदस्य (ब्रोकर)को डाटा सेन्टरका रुपमा रहेको डाटा हबमा देखिएको समस्या समाधान भएको छ।
नेप्सेका अनुसार असोज ४ गते बिहानदेखि ती ब्रोकरको डाटा हबमा गम्भीर प्राविधिक समस्या देखिएको थियो। जसका कारण सोमबार (असोज ५ गते)को शेयर कारोबार स्थगन गरिएको छ।
प्राविधिक समस्या समाधान नभएकोले आज असोज ६ गतेबाट पूर्ववत रुपमा शेयर कारोबार सञ्चालनमा आउने नेप्सेले जनाएको छ।
डाटा हबमा समस्या आएपछि सोमबारको कारोबार स्थगन गर्नुपर्ने कारणको सुधारसहितको प्रतिवेदन पेस गर्न नेपाल धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिइसकेको छ। धितोपत्र बोर्डले आफ्नो छुट्टै ५ सदस्यीय निरीक्षण टोली खटाइसकेको छ।





















