stcnepal long ad

सेबोनले आईपीओ निष्काशन सम्बन्धी निर्देशिका जारी गर्यो 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशन (आईपीओ) प्रणालीलाई निष्पक्ष, व्यवस्थित तथा विश्वसनीय बनाउने उद्देश्यले तयार गरेको ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा राय सुझावका लागि सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार सार्वजनिक निष्काशनका लागि योग्य, पारदर्शी तथा दिगो संगठित संस्थाको छनोट सुनिश्चित गर्ने, लगानीकर्ताको हित संरक्षण गर्ने तथा पूँजी बजारमा निष्पक्ष, व्यवस्थित र विश्वसनीय सार्वजनिक निष्काशन प्रणाली विकास गर्ने उद्देश्यले निर्देशिकाको मस्यौदा तयार गरिएको हो ।

नेपाल सरकार, अर्थ मन्त्रालयले भदौ २९ गते सार्वजनिक गरेको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को बुँदा नम्बर १ मा रहेको कार्यक्रम कार्यान्वयनको सुरुवातका रूपमा निर्देशिकाको मस्यौदा सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।

प्रस्तावित निर्देशिका सर्वसाधारणमा धितोपत्र निष्काशन गर्न चाहने संगठित संस्था, सार्वजनिक संगठित संस्थामा रूपान्तरण भई सार्वजनिक निष्काशन गर्न चाहने संस्था तथा प्रचलित कानुनबमोजिम सार्वजनिक  निष्काशनको स्वीकृति प्राप्त अन्य संस्थामा लागू हुने व्यवस्था गरिएको छ ।

निर्देशिकामा प्रारम्भिक सार्वजनिक निष्काशन गर्न चाहने संगठित संस्थाका लागि आवश्यक सामान्य तथा वित्तीय योग्यता, संस्थागत सुशासनसम्बन्धी मापदण्ड, संस्थापक शेयरधनी, सञ्चालक तथा व्यवस्थापनको योग्यता, सूचना प्रवाह तथा विवरणपत्रसम्बन्धी व्यवस्था समेटिएको छ ।

त्यस्तै, आवश्यक जाँच तथा परीक्षण र पेशागत उत्तरदायित्व, सार्वजनिक निष्काशनबाट प्राप्त रकमको उपयोग तथा अनुगमन, निष्काशनपछिका दायित्व, अनुपालना तथा नियामकीय अनुगमनका साथै कसुर, दण्ड तथा प्रशासनिक कारबाहीसम्बन्धी व्यवस्था पनि निर्देशिकामा प्रस्ताव गरिएको छ ।

बोर्डले निर्देशिका लागू भएपछि सार्वजनिक निष्काशन प्रक्रिया थप व्यवस्थित, पारदर्शी तथा समयसापेक्ष हुने अपेक्षा गरेको छ ।

साथै, अन्तर्राष्ट्रिय अभ्यास तथा मापदण्डअनुकूल व्यवस्था हुने भएकाले योग्य कम्पनीलाई पूँजी बजारमा प्रवेश गर्न प्रोत्साहन मिल्ने तथा निजी क्षेत्र र सर्वसाधारणबाट थप पूँजी परिचालन गर्ने वातावरण बन्ने बोर्डको विश्वास छ ।

IME Lifesidebar



kumari