प्रभू इन्स्योरेन्स ३० वर्ष पूरागरि ३१ वर्षमा प्रवेश
प्रभू इन्स्योरेन्स ३० वर्ष पूरागरि ३१ वर्षमा प्रवेश
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको ३० वर्ष पूरा गरी साउन २२ गतेदेखि ३१ औँ वर्षमा प्रवेश गरेको छ । यस इन्स्योरेन्स कम्पनीले ३० औँ वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम आयोजना नगरी कार्यालयमै सामान्य रूपमा वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीको अझ राम्रो प्रगतिकाे कामना गरिएकाे छ।
साे अपसरमा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई पुरस्कृत गरिएकाे छ। प्रभु इन्स्योरेन्सकाे अध्यक्ष राजेन्द्र मल्ल छन। अध्यक्ष मल्लले प्रभु इन्स्योरेन्सलाई आगामी दिनमा थप सबल,सक्षम र प्रतिस्पर्धी कम्पनीका रूपमा अघि बढाउने बताएका छन्। लामो समयदेखि कम्पनीको सञ्चालक समितिको नेतृत्व गर्दै आएका मल्लले कम्पनीको संस्थागत क्षमता थप बलियो बनाउँदै व्यवसाय विस्तारमा केन्द्रित हुने बताएका छन ।
यस कम्पनीले यस पटक वार्षिकोत्सव विगतका वर्षहरूमा जस्तो ठूलो तडकभडक नगरी कार्यालयमै सामान्य रूपमा मनाएकाे छ। मुलुकमा देखिएको असहज परिस्थिति र आर्थिक शिथिलतालाई मध्यनजर गर्दै वार्षिकोत्सव सरल रूपमा मनाएको छ ।
जेन-जी आन्दोलनपछि मुलुकमा आर्थिक गतिविधि सुस्त छ। बजारमा ब्याजदरमा कमि आएपनि कर्जाकाे माग कम छ। नयाँ उद्याेग र व्यवसाय स्थापना अति कम भएका छन। बजारमा वस्तु तथा सेवाकाे माग कम हुँदा बीमा व्यवसायमा पनि असर परेकाे छ। राम्रो व्यवसाय बृद्वि हुन सकेकाे छैन। जेन-जी आन्दोलनका कारण समग्र उद्योग तथा व्यवसाय क्षेत्रमा ठूलो क्षति पुगे पनि प्रभु इन्स्योरेन्समा भने तुलनात्मक रूपमा कम असर परेको अध्यक्ष मल्लले बताएका छन ।
आन्दोलनका क्रममा निजी क्षेत्रका विभिन्न व्यवसाय तथा भौतिक संरचनामा ठूलो क्षति पुग्याे। त्यसको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव बीमा क्षेत्रमा समेत पर्याे। यद्यपि, प्रभु इन्स्योरेन्सले सामना गरेको क्षति तुलनात्मक रूपमा कम रहेको छ ।
अध्यक्ष मल्लले कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा आफ्ना शेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र अघिल्लो आर्थिक वर्षमा चुक्ता पूँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार ९१९ को ०.४५७९ प्रतिशतले हुन आउने रकम ७७ लाख ८८ हजार ५८८ रुपैयाँ नगद लाभांश दिएकाे थियाे ।
आर्थिक वर्ष २०८१/०८२ सम्मको बितरणयोग्य मुनाफाबाट कम्पनीले ८.७० प्रतिशत लाभांश बाडेको थियाे। त्यसपछि कम्पनीको चुक्तापुँजीमा १४ करोड ७९ लाख ८३ हजार १६५ रुपैयाँ बराबरको बोनश शेयर थपिएकाे र हाल कम्पनीकाे वित्तीय अवस्था अघिल्लो आर्थिक वर्षकाे भन्दा गत आर्थिक वर्षमा राम्रो रहेकाे प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले बताएका छन।
गत आर्थिक वर्षकाे मुनाफाबाट पनि शेयरधनीलाई राम्रो प्रतिफल दिन सकिने अध्यक्ष मल्लले बताएका छन् । कम्पनीको गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनीहरूलाई १० प्रतिशत दिन सकिने संकेत अध्यक्ष मल्लले गरेका छन। यद्यपि, अन्तिम लाभांश कति दिने भन्ने कुरा कम्पनीको फाइनल अडिटपछिकाे वित्तीय अवस्था, नियामकीय निकायकाे निर्देशन र सञ्चालक समितिको निर्णयमा निर्भर रहनेछ ।
प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास चैत मसान्तसम्मकाे वित्तीय विवरण सार्वजनिक गरेकाे छ। चाैथाे त्रैमासकाे विवरण सार्वजनिक गर्न बाँकी छ। २०८२ चैत्र मसान्तसम्म कम्पनीले २१ करोड १५ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.६३ प्रतिशतले बढी हो।
कम्पनीको वित्तीय विवरण अनुसार २०८२/८३ काे पहिलो त्रैमास २०८२असोज मसान्तसम्म ६ करोड ३१ लाख ३९ हजार रुपैयाँ अर्थात १२.७२ प्रतिशतले मुनाफा बढाएकाे थियाे। यस्तै दोस्रो त्रैमास २०८२ पुस मसान्तसम्म १२ करोड २४ लाख रुपैयाँ अर्थात २ प्रतिशतले मुनाफा बढाएकाे थियाे।
यसैगरि तेस्रो त्रैमास २०८२ चैत मसान्तसम्म २१ करोड १५ लाख रुपैयाँ अर्थात ५.६३ प्रतिशतले मुनाफा बढाएकाे छ। कम्पनीकाे अन्य मुख्य वित्तीय सूचकहरू तेस्रो त्रैमाससम्म खुद बीमाशुल्क आर्जन ५० करोड ३८ लाख रुपैयाँ अर्थात ५.७८ प्रतिशतले वृद्धि गरेकाे छ। प्रतिशेयर आम्दानी १६.५८ रुपैयाँले गरेकाे छ। आर्थिक गतिविधि सुस्त भएकाे बेलामा याे प्रगति गर्नु भनेकाे राम्रो व्यापार बृद्वि हाे।
राजेन्द्र मल्ल प्रभु इन्स्योरेन्सका संस्थापक हुन । कम्पनीको स्थापनाकालदेखि नै सम्लग्न हुँदै आएका मल्लले लामो समयदेखि सञ्चालक समितिको अध्यक्षका रूपमा नेतृत्व गर्दै आएका छन् । तीन दशक लामो यात्रामा प्रभु इन्स्योरेन्सले नेपालको निर्जिवन बीमा क्षेत्रमा आफ्नो छुट्टै मजबुद पहिचान बनाएको छ ।
कम्पनीको आगामी यात्रालाई अझ मजबुत र व्यवस्थित बनाउँदै प्रतिस्पर्धी बजारमा आफ्नो उपस्थितिलाई थप प्रभावकारी बनाउने योजना रहेको अध्यक्ष मल्लले बताएका छन् । कम्पनीले तीन दशक अवधि पूरा गरेको अवसरमा प्रभु इन्स्योरेन्सले विगतको अनुभवबाट सिक्दै आगामी ३१ औँ वर्षलाई थप सबल र विस्तारको वर्ष बनाउने लक्ष्य लिएको देखिन्छ ।





















