stcnepal long ad
global ime bank long

विद्युत् महसुलमा उपभोक्ताले सहुलियत पाउँदै, महसुल दर पुनरावलोकन गर्न समिति गठन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विद्युत् महसुल महसुल दर पुनरावलोकन गर्न विद्युत् प्राधिकरणले समिति गठन गरिएको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उत्पादित विद्युत्‌को अधिकतम उपयोग सुनिश्चित गर्न समिति गठन गरेको हो ।

बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले गार्हस्थ उपभोक्तालाई सहुलियत प्रदान गर्न, उच्च विद्युत् खपत गर्ने उत्पादनमूलक उद्योगलाई उपयुक्त महसुल दरमा विद्युत् उपलब्ध गराउन तथा समग्र विद्युत् खपत वृद्धि गर्ने उद्देश्यले नयाँ दर सिफारिस गर्न ‘विद्युत् महसुल पुनरावलोकन समिति’गठन गरेको छ ।

प्राधिकरण सञ्चालक समितिका सदस्य अंशु किरण शाहीको संयोजकत्वमा गठित उक्त समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यावधि दिइएको छ।

समितिमा संयोजक शाहीसहित ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयका प्रतिनिधि एक जना, नेपाल उद्योग वाणिज्य महासङ्घबाट एक जना, अन्य तीन जना सदस्य रहनेछन् । जसमा ऊर्जा विज्ञ, उपभोक्ता र वित्त विज्ञ रहनेछन् । उपकार्यकारी निर्देशक, वितरण तथा ग्राहक सेवा निर्देशनालय, नेविप्राका सदस्य-सचिव जना रहनेछन् ।

यस समितिले विशेषगरी ‘सिजनल ट्यारिफ’ (वर्षायाम र हिउँदको अलग-अलग महसुल दर) तथा समय अनुसारको टाईम अफ डे ( टिओडी) महसुल दरका विषयमा अध्ययन गर्नेछ।

वर्षायाममा उत्पादित विद्युत् खेर गइरहेको र प्राधिकरणले ठूलो नोक्सानी व्यहोर्नु परेको अवस्थालाई मध्यनजर गर्दै सो विद्युत्‌को आन्तरिक खपत बढाउन उद्योग तथा गार्हस्थ उपभोक्तालाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने योजना बनाइएको हो।

यस समितिले विद्युत् नियमन आयोग र अर्थ मन्त्रालयसँग समेत समन्वय गरी आम उपभोक्ता र उद्योगीहरूलाई राहत पुग्ने गरी दर सिफारिस गर्नेछ।

IME Lifesidebar
kumari