stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु बैंकको ४१ हजार ९०० कित्ता संस्थापक शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंक लिमिटेडले ४१ हजार ९०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न तीन जना संस्थापक शेयरधनीहरूको नाममा रहेको उक्त शेयर बिक्रीमा राखेको हो ।

बैंकले यसअघि नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी ३५ दिनका लागि बिक्रीमा राखेको थियो । तर उक्त अवधिसम्म कुनै संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि अब भने सर्वसाधारणका लागि खुलाइएको हो ।

उक्त शेयर किन्न चाहने सर्वसाधारणले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको मापदण्ड पूरा हुने आवश्यक कागजात सहित आगामी १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

IME Lifesidebar
kumari