stcnepal long ad
global ime bank long

नेप्सेको सीईओका लागि दरखास्त आह्वान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त आह्वान गरिएको छ।

अर्थ मन्त्रालयले गठन गरेको सहसचिव महेश आचार्यको संयोजकत्वको सीईओ छनौट तथा सिफारिस समितिले आज एक सूचना जारी गर्दै नेप्सेको सीईओमा दरखास्त आह्वान गरेको हो। मन्त्रालयले सोमबार आचार्यको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरेको थियो।

योग्य उम्मेदवारले यो सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन सक्नेछन्।

अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सोसरहको उपाधि हासिल गरी पुँजीबजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तीमा १५ वर्षको कार्य अनुभव भएका नेपाली नागरिकले सीईओ पदमा आवेदन दिन पाउनेछन्।

सिफारिस समितिले प्राप्त आवेदनको योग्यता, अनुभव र कार्ययोजनाको मूल्यांकनका आधारमा सर्टलिस्ट जारी गर्नेछ। त्यसपछि अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि समितिले सर्टलिस्टमा परेकाहरुलाई डाक्नेछ।

अन्तर्वार्ता र प्रस्तुतीकरणपछि सर्टलिस्टमा परेकामध्ये ३ जनाको नाम समितिले मन्त्रालयसमक्ष पेस गर्नेछ। त्यसपछि मन्त्रालयले ती नाम मन्त्रिपरिषदको बैठकमा सिफारिस गर्नेछ। तिनैमध्ये एकजनालाई मन्त्रिपरिषदको बैठकले नेप्सेको सीईओमा नियुक्त गर्नेछ।

नेप्सेको सीईओबाट चूडामणि चापागाइँले कार्यकाल सकिनुअघि गत असार २२ गते राजीनामा दिएका थिए। उनलाई तत्कालीन सरकारले २०८१ चैत १९ गते नेप्सेको सीईओमा नियुक्त गरेको थियो।

IME Lifesidebar
kumari