citizens life insurance long ad
stcnepal long ad

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

Nimb long ad
Prabhu Insurance Long Ad

विराटनगर ।  आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व सङ्कलन गरी ८५ दशमलव १५ प्रतिशत प्रगति गरेको जनाएको छ ।

सो अवधिमा कार्यालयले रु १२ अर्ब १० करोड २८ लाख ८० हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु एक अर्ब ७९ करोड ७५ लाख ४४ हजार राजस्व कम उठेको कार्यालय प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

सङ्कलित राजस्वमा आयकर रु चार अर्ब सात करोड २५ लाख ४१ हजार, बहाल आयकर रु आठ करोड आठ लाख ५५ हजार, ब्याज कर रु ३८ करोड १३ लाख एक हजार, मूल्यअभिवृद्धि कर रु दुई अर्ब ५६ करोड ८६ लाख ७५ हजार, अन्तःशुल्क रु तीन अर्ब १५ करोड १० लाख ४९ हजार, शिक्षा कर रु ८४ हजार र अन्य कर रु पाँच करोड आठ लाख ३२ हजार छन् ।

कार्यालयबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा रु नौ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु आठ अर्ब ९३ करोड, आर्थिक वर्ष २०८१/८२ मा रु १० अर्ब ७२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु नौ अर्ब ६१ करोड राजस्व सङ्कलन गरेको थियो ।

तुलनात्मक रूपमा आर्थिक वर्ष २०८०/८१ मा आठ दशमलव ७७ प्रतिशत, आर्थिक वर्ष २०८१/८२ मा सात दशमलव ६१ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ मा सात दशमलव २८ प्रतिशत राजस्व वृद्धि भएको प्रमुख उप्रेतीले बताउनुभयो ।

कुल ६० हजार ६७५ करदाता आवद्ध रहेको यस कार्यालयले जेन्जी आन्दोलन पछि परिवर्तित अवस्थामा लक्ष्यअनुसार कर असुल गर्न नसकेको र कार्यालय बाहिर गएर काम गर्ने अवस्था पनि नरहेको प्रमुख उप्रेतीले बताउनुभयो ।

IME Life
kumari