stcnepal long ad
global ime bank long

कोषका योगदानकर्तालाई सेवा दिँदा कुनै पनि किसिमको अतिरिक्त शुल्क नलिन निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सामाजिक सुरक्षा कोषले आफूसँग आबद्ध स्वास्थ्य संस्थालाई कोषका योगदानकर्तालाई सेवा दिँदा कुनै पनि किसिमको अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । कोषले कोष र अस्पतालबिच भएको सम्झौताविपरीत कार्य गरेको गुनासो प्राप्त भएको भन्दै त्यस्ता कार्य आउँदा दिनमा नगर्न सचेत गराएको हो ।

कोषका अनुसार योगदानकर्ता, निजको दम्पती र १८ वर्षमुनिका छोराछोरीलाई स्वास्थ्यसेवा प्रदान गर्ने क्रममा कतिपय अस्पतालले विभिन्न बहाना बनाई सास्ती दिने गरेको पाइएको छ ।

विशेष गरी एसएसएफ अन्तर्गत उपलब्ध गराउनुपर्ने शल्यक्रिया वा अन्य उपचार पद्धतिमा अतिरिक्त शुल्क लिने र विशेषज्ञ चिकित्सकबाट जाँच वा परामर्श गराउन अस्वीकार गर्ने जस्ता कार्य नगर्न कोषले कडा निर्देशन दिएको छ ।

त्यसै गरी ‘सर्भर डाउन’ वा ‘सिस्टम नचलेको’ भन्दै प्राविधिक समस्या देखाई योगदानकर्तालाई नगद शुल्कमा सेवा लिन बाध्य पार्ने कार्यलाई पनि कोषले वर्जित गरेको छ ।

कोषको योजनामा समावेश भएका महँगा परीक्षण कोषले समेट्दैन भनी गलत जानकारी दिएर निजी रूपमा शुल्क तिर्न बाध्य पार्ने र साधारण बिरामी र कोषका योगदानकर्ताबिच असमान व्यवहार गर्ने कार्यलाई पूर्ण रूपमा रोक्नसमेत निर्देशन दिएको छ ।

कोष प्रवक्ता कृष्ण अधिकारीले कोष र अस्पतालबिच भएको सम्झौता अनुसार अस्पतालले स्वास्थ्यसेवा नदिएको गुनासो आएको हुँदा यस्ता कार्य प्रचलित कानुन, सम्झौता र योगदानकर्ताको अधिकारविपरीत भएकाले सम्बन्धित अस्पताललाई सचेत गराएको जानकारी दिनुभयो ।

योगदानकर्ताले अस्पतालविरुद्ध गरेका उजुरीको अध्ययन भइरहेको भन्दै उहाँले कुनै अस्पतालले यस्ता गलत कार्य गरेको प्रमाणित भएमा कानुनबमोजिम कोषसँग भएको सम्झौता स्थगन वा रद्द गरिने चेतावनीसमेत दिनुभयो ।

IME Lifesidebar
kumari