stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल–चीन र एफएओको सहकार्यमा कृषि तथा खाद्य प्रणाली सुदृढीकरण परियोजना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) र चीन सरकारको साझेदारीमा कृषि तथा खाद्य प्रणाली सुदृढीकरण परियोजना (Strengthening Agrifood Systems in Nepal) औपचारिक रूपमा शुभारम्भ भएको छ।

२४ महिने यो परियोजनाले पहाडी तथा हिमाली क्षेत्रमा जलवायु(उत्थानशील कृषि, ग्रामीण जीविकोपार्जन सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य राखेको छ।

चीनको Global Development and South-South को आर्थिक सहयोग रहेको यस परियोजनाले स्थानीय संस्थाको क्षमता अभिवृद्धि, जलवायु(स्मार्ट कृषि, पोषण सुधार, डिजिटल नवप्रवर्तन तथा समावेशी ग्रामीण विकासमा सहयोग पुर्याउने जनाइएको छ।

साउन ४ गते कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत माओमिङ झाङ,FAO का प्रतिनिधि केन शिमिजु, एफएओ पिएसटीकी निर्देशिका हुआ याङलगायत उच्च अधिकारी, संघीय, प्रदेश तथा स्थानीय तहका प्रतिनिधि, किसान संगठन र सरोकारवालाहरूको सहभागिता थियो। मन्त्री चौधरीले यस परियोजनाले खाद्य सुरक्षा, ग्रामीण समृद्धि र दिगो विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो।

राजदूत झाङले कृषि आधुनिकीकरण र दिगो विकास लक्ष्य प्राप्तिमा चीनको निरन्तर साथ रहेको बताउनुभयो।FAO की निर्देशिका हुआ याङले यस परियोजना एसिया तथा अन्य क्षेत्रका लागि दक्षिण दक्षिण सहयोगको सफल नमुना बन्ने विश्वास व्यक्त गर्नु भयो।

काभ्रेपलाञ्चोक र इलाममा कार्यान्वयन हुने यस परियोजनाअन्तर्गत डिजिटल कृषि विस्तार सेवामार्फत किसानलाई प्राविधिक परामर्श, मौसम सूचना, वित्तीय सेवा, कृषि बीमा र बजार जानकारी उपलब्ध गराइनेछ।

साथै, महिला, युवा र सीमान्तकृत समुदायको सहभागिता बढाउने, स्थानीय संस्थाको क्षमता अभिवृद्धि गर्ने तथा जलवायु(अनुकूलन क्षमता सुदृढ पार्ने कार्यक्रम रहेको छ। यस सहकार्यले अन्तर्राष्ट्रिय प्राविधिक ज्ञान र अनुभवको आदानप्रदान गर्दै स्थानीय नेतृत्वमा कृषि तथा खाद्य प्रणालीको दीर्घकालीन रूपान्तरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

IME Lifesidebar
kumari