stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । नेपालसहित विभिन्न देशमा जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । यस बर्षको सहकारी दिवसको नारा ‘शान्तिपूर्ण विश्वका लागि सहकारी’ रहेको छ ।

सन् १८४४ मा बेलायतका रबर्ट ओवेनले सुरुवात गरेको सहकारी आन्दोलनले सन् १९९२ मा संयुक्त राष्ट्रसंघको मान्यता प्राप्त गरेको हो । सन् १९९२ को डिसेम्बर १६ मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले हरेक वर्ष जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने घोषणा गरेयता विश्वभर नै प्रत्येक वर्ष जुलाईको पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउँदै आएको छ ।

नेपालमा भने विस २०१० सालमा सहकारी सोचको संस्थागत विकास भएको हो । तर २०१३ सालमा बखान सहकारी संस्थाको स्थापनापश्चात् मात्र नेपालमा सहकारी अभियानको सुरुवात भएको मानिन्छ तर पनि अहिलेसम्म सहकारीले अपेक्षाकृत गुणात्मक फड्को मार्न भने सकेको छैन ।

यसका प्रमुख कारकको रुपमा सहकारी बचत तथा ऋण क्षेत्रमा बढी केन्द्रित हुनु, उत्पादन तथा स्वरोजगार क्षेत्रमा कारोबार घट्नु, सहकारी शिक्षा र चेतना वृद्धि हुन नसक्नु नै रहेको छ ।

सहकारी क्षेत्रले आफूलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको निर्विकल्प निकायको रुपमा स्थापित गर्नुपर्छ । मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि संविधानले सहकारीको महत्वलाई स्वीकार गरेको छ ।

सहकारी संस्थाको सञ्चालन स्थानीय तहको कार्यक्षेत्रभित्र रहेको वर्तमान अवस्थामा बढ्दो संख्याको सहकारी संस्थालाई व्यवस्थित सञ्चालनका लागि सहकारी ऐनलाई परिमार्जन गरी समयानुकूल बनाउनुपर्ने देखिन्छ ।

सहकारी क्षेत्रमा देशको ठूलो अर्थतन्त्रको हिस्सा रहेको भएपनि संघीय प्रदेश र स्थानीय सरकारबाट सहकारी क्षेत्रका सवाललाई कसरी सम्बोधन गरिने हो भन्ने हालसम्म प्रस्ट हुन सकेको छैन । सहकारीलाई थप सक्रिय र चलायमान बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुनुपर्दछ ।

सहकारीको समग्र अभियानको मूल लक्ष्य भनेकै समाज रुपान्तरणका लागि ऐक्यबद्धता रहेको हुँदा त्यसलाई नै विशेष प्राथमिकता दिएर जनजीविकामा सहजता ल्याउँने काममा स्थानीय सरकारले ध्यान दिनुपर्छ ।

 

IME Lifesidebar
kumari