stcnepal long ad
ime life insurance
national life
global ime bank long

पेट्रोलियम पाइप लाइन परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन हुँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले दोस्रो चरणको पेट्रोलियम पाइप लाइन परियोजनाको प्रक्रिया अगाडि बढाएको छ । सिलिगुडी–झापा पेट्रोलियम पाइप लाइन र अत्याधुनिक टर्मिनल निर्माण गर्न वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) का लागि सुझाव मागेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कृषि, वन तथा पर्यावरण मन्त्रालयले इआइए प्रतिवेदनका लागि प्रस्ताव माग गरेको हो ।नेपाल सरकार र भारत सरकारबिचको जिटुजी सम्झौता अन्तर्गत इन्डियन आयल कर्पोरेसन आइओसीको आर्थिक र प्राविधिक सहयोगमा पाइप लाइन परियोजना निर्माण हुन लागेको छ ।

चारआली–सिलिगुडीको पाइप लाइन निर्माण गर्न दुई अर्ब ७८ करोड भारु रकम लाग्ने र भण्डारणगृह निर्माण गर्न पाँच अर्ब भारु लाग्ने प्रारम्भिक अनुमान छ । दुवैको निर्माण गर्नका लागि १२ अर्ब ४४ करोड ७३ लाख नेपाली रुपियाँ लगानी लाग्ने नेपाल आयल निगमले जनाएको छ ।

आयोजना अन्तर्गत मेचीनगर–१३ स्थित चारआलीमा निर्माण हुने अत्याधुनिक ‘ग्रिन फिल्ड टर्मिनल’ हुने छ । २३ बिघा तीन कट्ठा १३ धुर जग्गामा फैलिने यो टर्मिनलको कुल भण्डारण क्षमता १८ हजार नौ सय किलोलिटर रहने छ ।

यस टर्मिनलमा डिजेलको भण्डारण क्षमता १२ हजार तीन सय किलोलिटर र पेट्रोलको भण्डारण क्षमता छ हजार छ सय किलोलिटर रहने निगमले जनाएको छ । यस्तै तीन हजार ७१९ किलोलिटर क्षमताका दुई वटा अग्नि नियन्त्रण पानी फोम ट्याङ्की प्रणाली हुने छ ।

प्रस्तावित सिलिगुडी–झापा पेट्रोलियम पाइप लाइन (एसजेपिएल) को कुल लम्बाइ करिब ४९.६ किलोमिटर छ, जसमध्ये १४.६ किलोमिटर खण्ड नेपालको भूभागमा पर्ने छ ।

प्राविधिक हिसाबले यो पाइपलाइन आठ इन्च व्यासको कार्बन स्टिलबाट निर्माण गरिने छ । सुरक्षालाई ध्यानमा राखी यसलाई जमिनको सतहबाट कम्तीमा १.२ मिटरको गहिराइमा गाडिने प्रतिवेदनमा उल्लेख छ ।

पाइप लाइनको सुरक्षा र चुहावट नियन्त्रणका लागि अत्याधुनिक ‘स्काडा’ प्रणाली, ‘क्याथोडिक प्रोटेक्सन’ र ‘फाइबर अप्टिक सेन्सिङ’ जस्ता उच्च प्रविधि जडान गरिने छ । अहिले ट्याङकरबाट इन्धन ढुवानी गरिँदै आएको छ ।

IME Lifesidebar
kumari