stcnepal long ad
global ime bank long

“सिटिजन्स सदाबहार योजना” को अनलाइन दर्ता तथा कारोबार प्रणाली सञ्चालन 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक रहेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना “सिटिजन्स सदाबहार योजना” अन्तर्गत लगानीकर्ताहरूलाई थप सहज, छिटो तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन दर्ता तथा कारोबार प्रणाली आजका मितिदेखी सञ्चालनमा रहेको छ ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त यस योजनामा आबद्ध तथा आबद्ध हुन इच्छुक लगानीकर्ताहरूले अब डिजिटल माध्यम ( https://sip.citizenscapital.com.np/)बाट योजनासँग सम्बन्धित विभिन्न सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् । यस प्रणालीले लगानी प्रक्रियालाई थप सरल, सुरक्षित तथा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

उक्त अनलाइन प्रणालीमार्फत लगानीकर्ताहरूले निम्न सेवाहरू प्राप्त गर्न सक्नेछन्:

१.योजनाको इकाई खरिदका लागि आवेदन तथा रकम भुक्तानी (Lump Sum Investment) ।
२.व्यवस्थित लगानी योजना (Systematic Investment Plan – SIP) मा दर्ता ।
३.किस्ता भुक्तानी ।
४.लाभांश पुनः लगानी योजना (Dividend Reinvestment Plan – DReP) मा आबद्धता ।
५.अनलाइन Sign-up तथा Login सुविधा ।

उक्त अनलाइन प्रणालीमार्फत लगानीकर्ताहरूले “चौबीसै घण्टा तथा सातै दिन सेवा” उपभोग गर्न सक्नेछन् । यसबाट कार्यालय समय वा भौगोलिक दूरीको सीमाबिना जहाँसुकैबाट सहज रूपमा योजना सम्बन्धी सेवा प्राप्त गर्न सकिनेछ । साथै, लगानी प्रक्रिया थप छिटो, सुरक्षित, पारदर्शी तथा प्रयोगकर्ता–मैत्री बन्ने अपेक्षा गरिएको छ ।

सिटिजन्स क्यापिटल लिमिटेडले डिजिटल वित्तीय सेवाको विस्तार, लगानीकर्ताको पहुँच अभिवृद्धि तथा पूँजी बजारमा  सहभागिता  बढाउने आफ्नो  रणनीति अनुरूप यो प्रणाली सञ्चालनमा ल्याएको छ ।

कम्पनीले आगामी दिनहरूमा समेत प्रविधि मार्फत लगानीकर्तालाई थप नवीन, सहज तथा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

सिटिजन्स क्यापिटल लिमिटेडले “नेपालको प्रत्येक घरमा व्यवस्थित लगानीको पहुँच” विस्तार गर्ने लक्ष्यका साथ उक्त योजनाको व्यवस्थित लगानी योजना (Systematic Investment Plan – SIP) मार्फत थप पहुँचयोग्य, पारदर्शी तथा लगानीकर्तामैत्री बनाउँदै लैजाने योजना रहेको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लि. को सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको समेत लगानी रहेको छ भने यस कम्पनीका अध्यक्षको रुपमा राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा  सबिर बादे श्रेष्ठ रहनु भएको छ ।

IME Lifesidebar
kumari