एआई प्रविधि र शक्तिशाली प्रदर्शनसहित अनर ६०० सिरिज सार्वजनिक
काठमाडौं । नेपाली बजारमा अत्याधुनिक स्मार्टफोन प्रविधिको नयाँ युगको सुरुवात गर्दै अनर नेपालले आफ्नो बहुप्रतिक्षित ‘अनर ६००’ सिरिज सार्वजनिक गरेको छ ।
कम्पनीले उन्नत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फिचर, प्रिमियम डिजाइन र फ्ल्यागशिप स्तरको प्रदर्शनसहित ‘अनर ६००’ र ‘अनर ६०० प्रो’ बजारमा ल्याएको हो । स्टाइलिस लुक्स र स्मार्ट इनोभेसनको उत्कृष्ट संयोजन रहेको यो सिरिजले प्रयोगकर्ताको दैनिक स्मार्टफोन अनुभवलाई थप सिर्जनात्मक बनाउने लक्ष्य राखेको छ ।
यस सिरिज अन्तर्गतको अनर ६०० मा स्न्यापड्रागन ७ जेन ४ (४ एनएम) प्रोसेसर प्रयोग गरिएको छ, जसले मल्टिटास्किङका लागि छिटो र प्रभावकारी प्रदर्शन सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । विशेष गरी कन्टेन्ट क्रिएटरहरूलाई लक्षित गर्दै यसमा ‘एआई इमेज टु भिडियो २.०’ फिचर समावेश गरिएको छ ।
जसको मद्दतले साधारण तस्वीरहरूलाई ५ सेकेन्डको आकर्षक एआई भिडियो स्टोरीमा परिवर्तन गर्न सकिन्छ । फोटोग्राफीका लागि यसमा मुभिङ फोटो इरेजर टुल र अल्ट्रा-क्लियर नाइट मोड जस्ता सुविधाहरू छन्, जसले कम उज्यालोमा पनि विस्तृत फोटो खिच्न मद्दत गर्दछ । यसमा ७००० एमएएचको विशाल ब्याट्री, ८० वाटको वायर्ड फास्ट चार्जिङ र २७ वाटको रिभर्स चार्जिङ सपोर्ट रहेको छ ।
त्यस्तै, अझ उन्नत र शक्तिशाली अनुभव खोज्ने प्रयोगकर्ताका लागि अनर ६०० प्रो बजारमा ल्याइएको छ । यसमा अत्याधुनिक स्न्यापड्रागन ८ इलाइट (३ एनएम) प्रोसेसर राखिएको छ, जसले अत्यन्तै तीव्र गतिको रेस्पोन्सिभनेस र शक्तिशाली एआई क्षमता प्रदान गर्दछ ।
फोटोग्राफी प्रेमीहरूका लागि यसमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलको टेलिफोटो लेन्स (३.५ एक्स अप्टिकल जुम) र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा सहितको फ्ल्यागशिप सेटअप उपलब्ध छ । प्रो मोडलमा पनि ७००० एमएएचकै ब्याट्री भए तापनि यसमा ८० वाट वायर्डका साथै ५० वाटको वायरलेस चार्जिङको सुविधा समेत दिइएको छ ।
मूल्यको हकमा अनर ६०० को ८ जीबी भेरियन्टलाई ८४ हजार ९९९ रुपैयाँ र १२ जीबी भेरियन्टलाई ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै, अनर ६०० प्रो (१२ जीबी भेरियन्ट) को मूल्य १ लाख २९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।
लन्चको अवसरमा कम्पनीले आकर्षक उपहारहरूको पनि घोषणा गरेको छ । अनर ६०० खरिद गर्दा ग्राहकले १५ हजार ९९९ रुपैयाँ मूल्यको ‘अनर च्वाइस वाच २ प्रो’ निःशुल्क पाउनेछन् भने प्रो मोडल खरिद गर्दा उक्त घडीका साथै १० हजार ९९९ रुपैयाँ पर्ने ‘अनर च्वाइस क्लिप इयरबड्स’ समेत उपहार प्राप्त गर्नेछन् ।
यसका साथै दुवै फोनमा ‘इफिक्स’ प्रोटेक्सन सेवाको अफर समेत समावेश गरिएको छ । यो नयाँ सिरिज अहिले नेपालभरका आधिकारिक अनर रिटेल स्टोरहरूमा सीमित अवधिका लागि उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।





























