stcnepal long ad
global ime bank long

मुक्तिनाथ विकास बैंकको १ लाख ५६ हजार कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

मुक्तिनाथ विकाठमाडौं । मुक्तिनाथ विकास बैंकको १ लाख ५६ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको १ लाख ५६ हजार २८३ कित्ता शेयर लिलामी प्रक्रियामार्फत आज जेठ ७ गतेबाट बिक्रीमा राखिएको हो। यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम २५ हजार कित्ता शेयर खरिदका लागि बोलपत्र पेस गर्नुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद गर्न बोलपत्र पेस गर्न सकिनेछ।

बोलपत्र काठमाडौंको नारायणचौरस्थित मुक्तिनाथ क्यापिटलमा पेस गर्नुपर्नेछ। बोलपत्र जेठ १४ गतेसम्म पेस गर्न सकिनेछ।कास बैंकको १ लाख ५६ हजार कित्ता शेयर बिक्रीमा

IME Lifesidebar
kumari