stcnepal long ad
global ime bank long

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयरधनी लिला देवी शारदाको नाममा रहेको २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई आवेदन दिन आग्रह गरेको हो।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था रहेको छ।

इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ। आवेदनमा आफूले खरिद गर्न चाहेको शेयर संख्यासमेत खुलाउनुपर्ने बैंकले जनाएको छ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा भने प्रचलित कानूनअनुसार अन्य व्यक्ति वा संस्थालाई समेत उक्त शेयर बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ।

IME Lifesidebar
kumari