stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा जोड दिएको छ । राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को विशेष बैठकलाई श्रव्यदृश्यका माध्यमबाट शुक्रबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले उक्त कुरामा जोड दिनुभएको हो ।

संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगका अनुसार मन्त्री खनालले वैश्विक ऊर्जा तथा आपूर्ति शृङ्खलामा आइरहेका अवरोधहरु र त्यसले दिगो विकासमा पार्ने असरहरुबारे मन्तव्य व्यक्त गर्दै पश्चिम एसियाको द्वन्द्वले नेपाललाई प्रभावित पारेको बताउनुभयो ।

मन्त्री खनालले भन्नुभयो, “पश्चिम एसिया द्वन्द्वले त्यहाँ काम गर्ने २० लाखभन्दा बढी नेपालीका परिवारलाई बढ्दो ऊर्जा मूल्य, घट्दो विप्रेषण र पर्यटनमा आएको सुस्तीले जीवनमा प्रत्यक्ष असर पारिरहेको छ ।”

द्वन्द्वका कारण उत्पन्न सङ्कटमा सबैभन्दा बढी भार साना र अतिकम विकसित राष्ट्रहरुलाई परेकाले ती देशलाई एक्लै नछाडी हस्तक्षेप गर्नु अन्तरराष्ट्रिय समुदायको जिम्मेवारी भएको मन्त्री खनालले बताउनुभयो ।

prabhu mahalaxmi
kumari