stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल उद्योग वाणिज्य महासंघले भन्यो– व्यावसायिक वातावरण बिग्रियो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पछिल्ला केही दिनयता सरकारले विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा उद्योगी, व्यवसायी र बैंकरहरूलाई पक्राउ गरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै सरकारको यस्तो कदमले समग्र व्यावसायिक वातावरणमा त्रास सिर्जना गरेको बताएको छ ।

अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका निजी तथा बैंकिङ क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूलाई फौजदारी कसूरको शैलीमा धरपकड गर्नाले लगानीकर्ता र व्यावसायिक जगतमा नकारात्मक सन्देश प्रवाह भएको महासंघको ठहर छ ।

nabil
यसले विशेषगरी बैंकिङ क्षेत्रको साखमा असर पार्ने र बैंकका कार्यकारी अधिकृतहरूको पक्राउले कर्जा प्रवाह गर्ने निर्णय क्षमतामा समेत ह्रास ल्याउने विज्ञप्तिमा उल्लेख छ । यसबाट लगानी संकुचन हुन गई देशको समग्र आर्थिक प्रणालीमै नकारात्मक असर पर्न सक्ने चेतावनी महासंघले दिएको छ ।

सरकारले प्रारम्भिक अनुसन्धान नै नगरी व्यवसायीहरूलाई पक्राउ गर्ने र ‘मिडिया ट्रायल’ गर्ने गरेकोमा महासंघले कडा आपत्ति जनाएको छ । यस्ता कार्यले सम्बन्धित व्यवसायीको मान–प्रतिष्ठामा आँच पुग्ने हुँदा अनुसन्धान गोप्यरूपमा गर्न महासंघले माग गरेको छ ।

देवानी दायित्व सिर्जना हुने मुद्दाहरूको छानबिन र अभियोजन सोही अनुरूप गर्न पनि सरकारलाई आग्रह गरिएको छ ।

संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने कानुनी व्यवस्थाको स्मरण गराउँदै महासंघले निजी क्षेत्रप्रति सरकार गम्भीर हुनुपर्ने बताएको छ ।

विगत चार वर्षदेखि शिथिल रहेको अर्थतन्त्रलाई गतिशिल बनाउन व्यवसायीमैत्री व्यवहारको अपेक्षा गरिएका बेला यस्ता गतिविधिले लगानीकर्तालाई निरुत्साहित बनाएको महासंघको भनाइ छ ।

महासंघले व्यवसायिक आत्मविश्वास बढाउने र लगानीकर्ताले सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ ।

prabhu mahalaxmi
kumari