citizens life insurance long ad

माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले वैशाख १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ भर्ने आज वैशाख ३१ गते अन्तिम दिन रहेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका कुल २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। जसमध्ये ८ लाख ६० हजार कित्ता आयोजना प्रभावितलाई निष्काशन भइरहेको छ।

त्यसमध्ये ३ लाख ४४ हजार अति प्रभावित सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ र २ का स्थानीय बासिन्दाहरूका लागि र बाँकी ५ लाख १६ हजार कित्ता प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका १ र २ बाहेक अन्य वडाहरूका स्थायी बासिन्दामा बाँडफाँड गरिनेछ।

यसमा न्यूनतम १० कित्ताका लागि र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईएमबि एस क्यापिटल लिमिटेडले गर्नेछ।

IME Lifesidebar
kumari