stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल टेलिकमको आ.व.२०८२/८३ को तेस्रो त्रैमासिकमा कुल सञ्चालन आय २५ अर्ब ९२ कराेड ९६ लाख रूपैयाँ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड ( नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधि २०८२ साउनदेखि चैत्र मसान्तसम्म कुल सञ्चालन आय २५ अर्ब ९२ करोड ९६ लाख रूपैयाँ रहेको छ।

उक्त रकम गत आर्थिक वर्ष सोही अवधिमा कुल सञ्चालन आय २५ अर्ब ३१ करोड ७६ लाख भएकाे थियाे। गत वर्षकाे साेही अवधिकाे तुलनामा चालू आर्थिक वर्षमा रु. ६१ करोड २० लाख रूपैयाँ अर्थात २.४२ प्रतिशतले बढी छ।

यस्तै चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म कुल आय २८ अर्व ८५ करोड ४८ लाख रूपैयाँ रहेको छ। उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको कुल आय २८ अर्व ४३ करोड १५ लाख रूपैयाँ थियाे। गत आर्थिक वर्षको तुलनामा ४२ करोड ३३ लाख रूपैयाँ अर्थात १.४९ प्रतिशतले बढी भएको नेपाल टेलिकमले जनाएकाे छ ।

यसैगरि नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म Earnings Before Interest, Taxes, Depreciation and Amortization (EBITDA) १४ अर्व ३८ करोड २ लाख रूपैयाँ रहेको छ। उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको कर अघिको मुनाफा १४ अर्व १९ करोड २१ लाख रूपैयाँ थियाे।

गत आर्थिक वर्षको तुलनामा १८ करोड ८० लाख रूपैयाँ अर्थात १.३२ प्रतिशतले बढी भएको जनाएकाे छ। यस्तै चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म खुद मुनाफा ६ अर्ब २७ करोड २९ लाख रूपैयाँ रहेको छ। उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको खुद मुनाफा ५ अर्व ७१ करोड ५ लाख रहेको थियाे।

गत वर्षकाे तुलना चालू आर्थिक वर्षकाे साेही अवधिमा ५६ करोड २४ लाख रूपैयाँ अर्थात ९.८५ प्रतिशतले बढी भएको नेपाल टेलिकमले जनाएकाे छ।

यसैगरि चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म कम्पनीको प्रति शेयर आम्दानी (annualized) रु. ४६.४७ रहेको छ। उक्त रकम गत आर्थिक वर्षको सोही अवधिमा ४२.३ रहेको थियाे।

यसरी गत आर्थिक वर्षमा भन्दा चालू आर्थिक वर्षमा ९.९ प्रतिशतले बढी भएको जनाएकाे छ । यस्तै गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजश्व तथा खुद मुनाफा हुनुकाे प्रमुख कारणहरुमा

निरन्तर घट्दै गएको ब्याज दरका कारण व्याज आयमा गत आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको तुलनामा करिब ५७ करोड ६६ लाख रूपैयाँ अर्थात २०.५७ प्रतिशतले घटी भएको छ।

संचालन आयतर्फ GSM तर्फको राजश्व गत आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको तुलनामा ५७ करोड ७४ लाख रूपैयाँ अर्थात २.७६ प्रतिशतले बढेको छ।

ह्रासकट्टी खर्च गत आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको तुलनामा ३८ करोड ६९ लाख रूपैयाँ अर्थात ८.४६ प्रतिशतले घटेको नेपाल टेलिकमले जनाएकाे छ।

prabhu mahalaxmi
kumari