stcnepal long ad
ime life insurance
global ime bank long

एनएलजी इन्स्योरेन्सले तेस्रो त्रैमाससम्म ३ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमायो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कमाएको १२ करोड ३३ लाख रुपैयाँको तुलनामा ७१.७८ प्रतिशत कम हो।

यद्यपि इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आम्दानी भने ६६ करोड ५८ लाख रुपैयाँबाट ७.३२ प्रतिशतले बढेर ७१ करोड ४५ लाख रुपैयाँ नाघेको छ भने कर्जा तथा लगानीबाट हुने आम्दानी १३ करोड ४२ लाख रुपैयाँबाट घटेर १२ करोड ३८ लाख रुपैयाँमा झरेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २५.१६ प्रतिशतले बढ्दा कुल खर्च ४४.९० प्रतिशतले बढेको छ। अभिकर्तालाई दिइने कमिशन पनि २६.६२ प्रतिशतले वृद्धि भएको छ।

इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी ६.५७ रुपैयाँबाट घटेर ०.९८ रुपैयाँमा सीमित भएको छ भने प्रतिशेयर नेटवर्थ १७०.९३ रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी २ अर्ब ६६ करोड रुपैयाँ रहेको यस इन्स्योरेन्स कम्पनीको महाविपत्ति कोषमा ८ करोड ८३ लाख रुपैयाँ र जगेडा कोषमा १ करोड ७० लाख रुपैयाँ सञ्चिति रहेको छ।

 

prabhu mahalaxmi
kumari