stcnepal long ad
global ime bank long

प्रभु इन्स्योरेन्सले बढायो नाफा सबै सूचक बलियाे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास साउनदेखि चैत महिनाकाे मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्राप्त वित्तीय विवरण अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत मसान्तसम्म कम्पनीले २१ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसम्म कम्पनीले २० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५.६३ प्रतिशतले बढेको प्रभु इन्स्योरेन्स लिमिटेडले जनाएकाे छ।

प्रभु इन्स्योरेन्सकाे शेयर पुँजी १ अर्ब ७० करोड रुपैयाँ रहेको छ। कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ३३ करोड १ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड १८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २४ करोड ९१ लाख रुपैयाँ र अन्य इक्विटीमा १७ करोड २२ लाख रुपैयाँ रहेको छ।

अघिल्लो आर्थिक वर्षकाे असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब २२ करोड ४३ लाख रुपैयाँ, महाविपत्ति कोषमा १० करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४२ करोड ९३ लाख रुपैयाँ र अन्य इक्विटीमा १९ करोड ४८ लाख रुपैयाँ रहेको थियो।

यसैगरी समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा ३ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा २ अर्ब ६२ करोड ५५ लाख रुपैयाँमात्र थियो। चालू आर्थिक वर्षकाे चैत्र मसान्तसम्म बीमा कोषको आकार २७.९३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ६ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब १६ करोड ६५ लाख रुपैयाँ मात्र कुल बीमाशुल्क आर्जन गरेको थियो।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ८.६६ प्रतिशतले घटेको छ। बैंक तथा वित्तीय संस्थामा कर्जाकाे माग कम,राजनीतिक अस्थिरता,जेन- जी आन्दोलन,निर्वाचन,अमेरिका-इजरायल र इरान युद्व,रूस- युक्रेन युद्व आदि कारणले देशमा आर्थिक गतिविधि कम भएका कारण बीमा व्यवसायमा केही कमी आउदा कुल बीमा शुल्क घटन गएकाे अनुमान छ।

चालु वर्षको चैत मसान्तसम्म कम्पनीले ५० करोड ३८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन ५.७८ प्रतिशतले बढेको छ।

अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले ४७ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यस्तै कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १६.५८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १५.७० रुपैयाँ थियो। पीई रेसियो ४१.८५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २०९.५५ रुपैयाँ रहेको प्रभु इन्स्योरेन्सले जनाएकाे छ।

IME Lifesidebar
kumari