stcnepal long ad
ime life insurance
global ime bank long

ट्रान्सफर्मर राखिदिने भन्दै घुस लिएको आरोपमा मुद्दा दायर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रान्सफर्मर राख्दिने भन्दै घुस लिएको आरोपमा एक जनाविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले नेपाल विद्युत् प्राधिकरण सप्तरीको कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

चार्जिङ स्टेशनका लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो।

आयोगले आरोपी दासविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

prabhu mahalaxmi
kumari