stcnepal long ad
ime life insurance
global ime bank long

आइएमई र सामसङ नेपालको समन्वयमा ‘रेमिटमा बेनिफिट क्याम्पेन’

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा रहेका नेपाली तथा तिनका परिवारलाई लक्षित गर्दै योजना सार्वजनिक गरेको छ।

यसअनुसार आइएमई मार्फत विदेशबाट नेपालमा रेमिट्यान्स पठाउने ग्राहकले केवल पैसा प्राप्त गर्ने सुविधा मात्रै होइन, सामसङका विभिन्न आधुनिक इलेक्ट्रोनिक सामान खरिद गर्दा विशेष छुट (क्यासब्याक) तथा अन्य आकर्षक अफरको समेत लाभ लिन सक्ने भएका छन्।

‘अफरको लाभ लिन ग्राहकहरूले आईएमई रेमिटमार्फत विदेशबाट नेपालमा पैसा पठाउनु पर्दछ,’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘त्यसपछि नेपालमा पैसा प्राप्त गर्दा प्रयोग भएको आईएमई कन्ट्रोल नम्बर सुरक्षित राखेर सामसङको आधिकारिक स्टोर वा डिलरकहाँ पुग्नुपर्नेछ।’

ग्राहकले आफूलाई आवश्यक सामसङका स्मार्टफोन वा अन्य घरेलु उपकरण छनोट गरी एचएफएलमार्फत सहज ईएमआई वा ऋण सुविधा मार्फत खरिद प्रक्रिया पूरा गर्न सक्नेछन्। ईएमआई सुविधा २४ महिनासम्म उपलब्ध छ।

साथै स्मार्टफोन, स्मार्ट टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिन लगायतका आधुनिक घरेलु तथा डिजिटल उपकरण खरिद गर्दा ग्राहकहरूले अधिकतम ६ प्रतिशतसम्म क्यास ब्याक खल्तीबाई आईएमई वालेटमा प्राप्त गर्ने व्यवस्था गरिएको छ।

सामसुङ स्मार्टफोन खरिद गर्ने ग्राहकले एनसेल प्याक सक्रिय गर्दा बोनस डेटा सुविधा पनि प्राप्त गर्न सक्नेछन्। यस, योजनाअन्तर्गत ग्राहकले एनसेल रिचार्जमा अधिकतम १८० जीबीसम्म बोनस डेटा प्राप्त गर्ने अवसर पाउनेछन्।

prabhu mahalaxmi
kumari