त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उपकुलपति प्रा.डा. दिपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी तथा रजिष्ट्रार प्रा. डा. केदार रिजालले आज राजीनामा दिनुभएको हो ।
उहाँहरुले बेग्ला बेग्लै पत्र लेख्दै प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति समक्ष राजीनामा दिनुभएको हो ।
शिक्षाध्यक्ष प्रा.डा. केसीले आफुहरुको राजीनामा प्रधानमन्त्री कार्यालयमा दर्ता भैसकेको जानकारी दिनुभयो । नयाँ सरकारलाई काम गर्न सहयोग गर्ने उद्देश्यले राजीनामा दिएको पनि प्रा। केसीले बताउनुभयो ।।






















