citizens life insurance long ad
stcnepal long ad

आजबाट याम्बालिङ हाइड्रोपावरले आइपीओ बिक्री खुला गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज वैशाख १६ गतेबाट याम्बालिङ हाइड्रोपावरले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरिसकेको छ।

अब कर्मचारी तथा सामूहिक लगानी कोषलाई शेयर छुट्याएर सर्वसाधारणका लागि कम्पनीले आइपीओ ल्याउन लागेको हो।

कम्पनीले सर्वसाधारणका लागि १७ करोड ४३ लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १७ लाख ४३ हजार कित्ता शेयर जारी गरिनेछ।

सर्वसाधारणले यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।

यो आइपीओमा निष्कासन बन्द छिटोमा वैशाख २२ गते र ढिलोमा वैशाख ३० गते बैंकिङ समयपछि हुनेछ। याम्बालिङ हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

IME Life
kumari