stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

श्रम प्रक्रिया पूरा गरेपछि मात्र अन्तिम श्रम स्वीकृतिका लागि आवेदन दिन विभागको निर्देशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने म्यानपावर कम्पनीहरूलाई कानुन अनुसार सबै प्रक्रिया पूरा भएपछि मात्रै अन्तिम श्रम स्वीकृतिका लागि आवेदन दिन आग्रह गरेको छ।

विभागले सार्वजनिक सूचना जारी गर्दै इजाजत प्राप्त संस्थाहरूले आवश्यक कानुनी प्रक्रिया पूरा नगरी अन्तिम श्रम स्वीकृतिको निवेदन पेश गर्ने अभ्यास देखिएकाले त्यसलाई रोक्न निर्देशन दिएको हो। सबै प्रक्रिया पूरा नगरी आवेदन दिइए कानुनअनुसार कारबाही हुने चेतावनी पनि विभागले दिएको छ।

वैदेशिक रोजगार ऐन २०६४ अनुसार श्रमिक छनोटका लागि राष्ट्रिय स्तरको दैनिक पत्रिकामा कम्तीमा सात दिनको म्याद राखी विज्ञापन प्रकाशित गर्नुपर्ने व्यवस्था छ। सोही विज्ञापनका आधारमा योग्यता, अनुभवलगायत मापदण्ड अनुसार श्रमिक छनोट गर्नुपर्ने र त्यसपछि भिसा प्रक्रिया अघि बढाउनुपर्ने कानुनी प्रावधान रहेको छ।

भिसा प्राप्त भएपछि मात्र अन्तिम श्रम स्वीकृतिका लागि विभागमा आवेदन दिन सकिने व्यवस्था भए पनि कतिपय म्यानपावर कम्पनीले प्रक्रिया पूरा नहुँदै आवेदन दिने गरेको विभागले जनाएको छ।

विभागले कानुनी प्रावधानअनुसार श्रमिक छनोट, विज्ञापन प्रकाशन तथा भिसा प्रक्रिया सम्पन्न गरेपछि मात्रै अन्तिम स्वीकृतिका लागि आवेदन पेस गर्न पुनः स्पष्ट निर्देशन दिएको छ।

prabhu mahalaxmi
kumari