सार्वजनिक लेखा समितिको सभापतिमा खड्का निर्विरोध निर्वाचित
काठमाडौं । नवनिर्वाचित सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले जनताले सहज रूपमा सार्वजनिक सेवा पाउनुपर्नेमा आफ्नो जोड रहने बताएका छन् ।
समितिको सभापतिमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब कुनै पनि बहानामा सार्वजनिक सेवा प्रवाह नरोकिने बताएका हुन् ।
‘काम नगरेर बस्नेलाई अब छुट छैन । विभिन्न बहानामा बस्नेलाई छुट छैन । अब परम्परा तोडिन्छ । लेखाले अख्तियारले र सतर्कता केन्द्रले समाउँछ कि भने हुँदैन ।
मौजुदा कानुन, ऐनको परिधिमा बसेर समयमा काम गर्नुपर्छ । जनताले सेवा पाउनुपर्छ । सेवाको अनुभूति हुनुपर्छ,’ उनले भने ।
‘सर्भिस डेलिभरीमा काम काम गर्नुपर्छ । म पनि विज्ञसँग सल्लाह लिन्छु । अहिलेको चेतना र परिवेशलाई हेरेर अब पनि ठीक ढंगले व्यवस्थापन गर्नुपर्छ’, खड्काले थपे ।























