बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ जारी गर्ने
काठमाडौं । बैदिक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित वैशाख २१ गते सोमबार विशेष साधारणसभा बोलाएको छ।
कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको हो।
उक्त विशेष साधारणसभाले कम्पनीले प्रारम्भिक विशेष सार्वजनिक निष्काशन ९आईपीओ० जारी गर्ने र सञ्चालकको सेवा सुविधा निर्धारण गर्ने प्रस्ताव छलफल गरी पारित गर्नेछ।
कम्पनीको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित भएपछि धितोपत्र बोर्डमा निवेदन दिने लगायतका थप प्रक्रियाहरू अघि बढ्नेछ।






















