stcnepal long ad
ime life insurance
global ime bank long

अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर रोक्न मेडिकल काउन्सिलको निर्देशन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ ।नेपाल मेडिकल काउन्सिलले अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

काउन्सिलका रजिष्टार डा।सतिश कुमार देवले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्राचार गर्दै सामाजिक सञ्जाल तथा प्रचार सामग्रीमार्फत ‘आईभीएफ सम्बन्धी परामर्श सेवा (मेडिकल क्याम्प र कन्सल्टेसन प्रोग्राम)’ तत्काल रोक्न निर्देशन दिएको हो ।

आईभीएफ सम्बन्धी परामर्श सेवा अप्रिल १६ मा काठमाडौँस्थित होटल याक एण्ड यति मा कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी आएकोमा काउन्सिलको ध्यानाकर्षण भएको उहाँको भनाइ छ ।पत्रअनुसार उक्त कार्यक्रममा डा। जयदीप मल्होत्रा र डा. नरेन्द्र मल्होत्राको नाम उल्लेख गरिएको छ।

उहाँका अनुसार नेपाल मेडिकल काउन्सिल ऐन २०२० तथा प्रचलित नियमावली २०२४ अनुसार नेपालभित्र कुनै पनि विदेशी वा स्वदेशी चिकित्सक संस्थाले चिकित्सा सेवा, परामर्श, शिविर वा उपचारसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुअघि नेपाल मेडिकल काउन्सिलमा दर्ता तथा पूर्व स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था छ ।

उक्त प्रचार सामग्रीको अध्ययन गर्दा सम्बन्धित चिकित्सक र संस्था नेपाल मेडिकल काउन्सिलमा विधिवत् दर्ता भएको वा काउन्सिलबाट आवश्यक स्वीकृति लिएको प्रमाण नदेखिएकोले काउन्सिलले यस्तो निर्देशन दिएको हो ।

बिना अनुमति चिकित्सा सेवा सञ्चालन गर्नु कानुन विपरीत हुनुका साथै जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने सम्भावना रहने डा. सतिसको भनाइ छ ।

उक्त कार्यक्रम तत्काल रोक्का गर्न तथा कानून बमोजिम आवश्यक छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाइदिनु हुन काउन्सिलले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई अनुरोध गरेको छ ।

साथै भविष्यमा यस्ता गतिविधि सञ्चालन गर्नुअघि सम्बन्धित निकायबाट अनिवार्य स्वीकृति लिनुपर्ने विषयमा सरोकारवाला निकायलाई सचेत गर्न अनुरोध गरेको छ ।

prabhu mahalaxmi
kumari